नेकपा एकीकृत समाजवादि मुसिकोटको नगर अध्यक्षमा घिमिरे चयन !

कृष्ण भट्टराई गुल्मी । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मुसिकोट नगरपालिकाको प्रथम नगर भेला रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गण वामी टक्सार गुल्मिमा सम्पन्न भएको छ।नगर भेलाले मदनदीप घिमिरेको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटिको गठन समेत गरेको छ।

जस्को उपाध्यक्षमा थमन बहादुर गाहा र यमभक्त खरेल ,सचीव बिष्णु सारु,उप सचीव कृष्ण भट्टराई र मन्जु परियार लगायत सदस्यहरु रहनुभएको छ।सोही भेलाले युवा संघ नगर कमिटी संयोजकमा रबिन छन्तेल, इन्चार्ज दिपेन्द्र सिंह, दलित मुक्ति संघसंगठनको संयोजकमा ज्ञान बहादुर नेपाली, अखिल नेपाल महिला संघको संयोजक दुर्पता खरेललाई चयन गरेको छ।

भेलाकै अवसरमा एमालेबाट निर्वाचित वडा नं ३ का वडाध्यक्ष कर्णध्वज जि सि,कार्यपालिका सदस्य तथा सामाजिक बिकास संयोजक हरि प्रसाद छन्तेल, मुसिकोट नगरपालिका वार्ड नं २ का वडा सदस्य चुरा बहादुर पछाइ, नेकपा एमाले २ नं वडा कमिटी अध्यक्ष हरि बहादुर कुंवर ,उपाध्यक्ष मन बहादुर खत्री,एमाले नेता मदनदीप घिमिरे सहित वडा कमिटिको ठूलो हिस्सा नै एकीकृत समाजवादिमा समाहित भएको छ ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी केन्द्रिय कमिटी सचिव एबम लुम्बिनी प्रदेश इन्चार्ज भागवत बिस्वासिले नेकपा एस ७७ वटै जिल्लामा कमिटि गठन गर्दै विशाल पार्टिको रुपमा अगाडि बढिरहेको बताउनुभयो।

अन्य पार्टी परित्याग गरेर प्रवेश गर्ने जनलहर बढिरहेको बताउदै विस्वासिले समाजवदी पार्टी हराएर जान्छ भनेर गफ छाट्नेको मुख पछिल्ला दिनमा थुनिएको बताए।समाजवादको अभियानमा केपि ओलि बाहेक सबै नेपालिलाइ गोलबन्द गर्न सकिने भन्दै एमाले र समाजवादिको मिलन कदापी सम्भव नभएको ठोकुवा गरे।

एकीकृत समाजवादी दक्षिण पन्थी ,अवसरवादी र प्रतिगमन शक्तिको बिरुद्ध विशाल अभियान लिएर अगाडि बढेको भन्दै आगामी निर्वाचनमा एमालेका गफाडी नेतृत्वलाई पराजित गरेरै छाड्ने दावी गरे।आम जनसमुदायको अमुल्य मतलाइ बेवास्ता गर्ने एमालेलाइ २ तिहाइ बहुमत दिइसकेकाले अब पनि सोही पार्टिलाइ मत दिनुको कुनै औचित्य नरहेको स्पष्ट पारे।

नगरभेलामा वडा नं ३ का वडाध्यक्ष कर्ण बहादुर जि सि,कार्यपालिका सदस्य तथा सामाजिक बिकास संयोजक हरि प्रसाद छन्तेल,नेकपा एस लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीराम महत,केन्द्रीय कमिटी सदस्री एबम जिल्ला अध्यक्ष नरेश भण्डारी ,लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष चुरामणी बेल्वासे ,युवा संघ केन्द्रिय सचिव हिमाल थापा,केन्द्रिय सदस्य गणेश खनाल,नेकपा एमाले २ नं वडा कमिटी अध्यक्ष एबम नव प्रवेशी हरि बहादुर कुंवर,परियार मुक्ती समाजका अर्जुन परियार लगाएतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

वडा नं २ का निर्वाचित वडा सदस्य चुरा बहादुर पछाइको स्वागत मन्तव्य रहेको कार्यक्रम नगर कमिटी अध्यक्ष मदनदीप घिमिरेको अध्यक्षता तथा जिल्ला कमिटी उप सचीव वसन्त अधिकारीको सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय