मुसिकोटमा एमालेलाई धक्का : एमालेबाट निर्वाचन जितेका वडाध्यक्ष सहित दर्जनौँ नेता समाजवादीमा प्रवेश

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मुसिकोट नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । नेकपा एमाले विभाजन पछि बनेको नेकपा एस मुसिकोटले प्रथम भेला गरेको हो ।

भेलाले मदन दिप घिमिरेको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा थम्मन गाहा र यमभक्त खरेल, सचिवमा विष्णु सारु, उपसचिवमा कृष्ण भट्टराई, महिला उपसचिवमा मञ्जु परियार लगायत अन्य सदस्यहरु रहेका छन् ।

त्यस्तै सोही भेलाले अनेरास्ववियुको सयोंजकमा रविन पाण्डे, युवा सघंको ईन्चार्जमा दिपेन्द्र सिहं ठकुरी, दलित मुक्ति सगंठनको सयोंजकमा ज्ञान बहादुर नेपाली र अखिल नेपाल महिला सघंको सयोंजकमा दुरपता खरेललाई चयन गरेको छ ।

उक्त भेलाकै अवसरमा एमालेबाट निर्वाचित मुसिकोट वडा नं ३ का वडाध्यक्ष कणर्ध्वज जिसी, कार्यपालिका सदस्य हरि छन्त्याल, मुसिकोट वडा नं ३ वडा सदस्य धुर्व पछाई, एमाले नेता मदनदिप घिमिरे लगायत नेकपा एमाले मुसिकोट वडा नं २ वडा कमिटी एकीकृत समाजवादीमा समाहित भएको छ ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी सचिव एवम् लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासीले नेकपा एस ७७ वटै जिल्लामा जिल्ला कमिटी गठन गर्दै विशाल पार्टीको रुपमा अगाडी बढिरहेको बताए ।

“देशभर नेकपा एस प्रति जनलहर बढिरहेको छ हजारौँ अग्रज नेताहरु अन्य पार्टी परित्याग गरेर प्रवेश गनुभएको छ उनले भने – कुनै बेला समाजवादी पार्टी यत्तिकै हराएर जान्छ भन्नेहरु यतिबेला मुख थुनिएको छ ।”

नेता विश्वासीले नेकपा एसमा केपी ओली बाहेक अरु सबै नेतालाई स्वागत रहेको भन्दै अन्य नेताहरु पनि विस्तारै आउने बताए । “उनले भने – यो २०७४ साल होईन् २०७८ साल हो समाजवादी पार्टी एमालेसगं मिल्छ भन्ने केही साथीहरुलाई लागेको होला तर त्यस्तो कदापी हुँदैन् अब नेकपा एमाले र समाजवादीको मिलन कहिले हुँदैन् ।”

नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी, अवसरवादी र प्रतिगमन शक्ति विरुद्ध विशाल अभियान लिएर अगाडी बढेको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेलाई कुनै पनि स्थानमा विजयी हुन नदिने दाबी गरे । “रुपन्देहीमा विष्णु पौडेल,गुल्मीमा प्रदिप ज्ञवाली र गोकणर् विष्ट तथा दाङबाट शकंर पोखरेललाई पराजित गरेरै छाड्दौ विश्वासीले भने-आगामी सबै चरणका निर्वाचनमा एमालेबाट उठ्ने जोसुकैलाई पराजित गर्छौँ ।” उनले आगामी निर्वाचनमा गुल्मीमा पनि एमाले पत्तासाफ गराएर छाड्ने उद्घोष गरे ।

दुई तिहाईको सरकार तुहाएर २ पटकसम्म संसद विघटन गरेर नेपालको सघिंयता र गणतन्त्र ध्वस्त पार्ने एमाले सरकार विरुद्ध अहिले गठबन्धन सहित चुनावमा लड्ने भन्दै उनले दक्षिणपन्थीले फेरी पनि निर्वाचन जितेमा देश फेरी दुर्घटनामा जाने बताए । उनले नेकपा एमालेले सिद्धान्त विचार र मुल्य मान्यता भुलेकाले नेकपा एकीकृत समाजवादीको जन्म भएको धारणा राखे ।

भेलाको नेकपा एमाले मुसिकोट वडा नं ३ वडा कमिटी अध्यक्ष चुरा बहादुर कुँवर, मुसिकोट नगरपालिका वडा नं ३ का वडाध्यक्ष कणर्ध्वज जिसी, कार्यपालिका सदस्य हरि छन्त्याल,नेकपा एस लुम्बिनी प्रदेश सदस्य श्रीराम महत, केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला अध्यक्ष नरेश भण्डारी, लुम्बिनी प्रदेश सचिवालय सदस्य सुरामणी बेल्बासे, युवा सघं केन्द्रीय सचिव हिमाल थापा, केन्द्रीय सदस्य गणेश खनाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

नेकपा एकीकृत समाजवादी मुसिकोट नगरका नवनिर्वाचित अध्यक्ष मदनदिप घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन जिल्ला उपसचिव बसन्त अधिकारीले गरेका थिए ।

एमालेलाई धक्का- यसैबीच नेकपा एमालेलाई मुसिकोटमा धक्का लागेको छ । नेकपा एमाले पूर्व नगर अध्यक्ष एवम् वडा नम्वर ३ का वडाध्यक्ष कणर्ध्वज जिसी लगायतका नेताहरु समाजवादीमा प्रवेश गरेपछि नेकपा एमालेलाई आगामी स्थानीय तहमा धक्का लाग्ने निश्चित भएको हो ।

पार्टी प्रवेश गरेका हरि छन्त्याल मुसिकोट नगरकाकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हुन । यी दुई नेता साविक बडागाउँ गाविसमा एमालेका खम्बा नेता हुन । जिसीले दुई पटकसम्म एमालेको तर्फबाट साबिक बडागाउँ गाविसको उपाध्यक्ष जितेका थिए भने दोश्रो कार्यकालमा कार्यबाहक गाविस अध्यक्ष भएर जिल्लाको संगठन मजबुद बनाएका थिए ।

छन्त्याल लामो समयसम्म प्रधानाध्यापक रहेका थिए । गत स्थानीय तहको निर्वाचनमा उनी राजीनामा दिई जनप्रतिनिधि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय