मुसिकोटका सर्जक कृष्ण गौतमको मौलिक पन्चेबाजाको गित मालिकामा टल्क्यो गजुर सार्बजनिक

भुवन काफ्ले गुल्मी । गुल्मी मुसिकोटका सर्जक कृष्ण गौतमको मौलिक पन्चेबाजाको गित मालिकामा टल्क्यो गजुर आज सार्बजनिक भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घामा जन्मनु भएका सर्जक कृष्ण गौतमको मालिकामा टल्क्यो गजुर नामक मौलिक पन्चेबाजाको गित Krishna Gautam युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।

शुक्रबार दिऊस Krishna Gautam युट्युब च्यानलबाट सार्बजनिक भएको मालिकामा टल्क्यो गजुर मौलिक पन्चेबाजाको गितमा कृष्ण गैतम र सुनिता बुढा क्षेत्रिको स्वर रहेको छ भने OB रायमाझी, शोना घिमिरे, रामु गौतम र बर्षा गौतमको मुख्य अभिनय रहेको छ ।

उक्त गितको म्युजिक भिडिओका अधकांस भाग मुसिकोट नगरपालिका वडा नम्बर ६ मा रहेको कृष्ण गौतमकै घरमा गरिएको छ भने भिडिओमा नेपालकै प्रसिद्द धार्मिक स्थल मालिका मन्दिर, कुर्घामै रहेको स्वाँरा होम स्टे,, मुसिकोट नगरपालिकाको केन्द्र वामी लगायत मुसिकोट नगरपालिका भित्र रहेका बिभिन्न प्रसिद्द स्थानहरुको दृस्य समाबेस गरिएको छ ।

मालिकामा टल्क्यो गजुर गित निर्माणको लागि आबस्यक सम्पूर्ण ब्यबस्थापन मुसिकोट नगरपटलिका वडा नम्बर ६ का कृष्ण गौतम र रामु गौतमको परिबारले गर्नु भएको मुनपा ६ बाट रामु गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय