विष्णुप्रसाद आचार्य (चकित )मुसिकोट गुल्मी
नेपाली काङ्ग्रेस गुल्मी मुसिकोटले थप २ वटा वडामा वडाध्यक्षको उम्मेदवारको टुङ्गो लगाएको छ ।

बिहिबार बसेको पार्टीको बैठकले उक्त निर्णय गरेको बताइएको छ । नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्यसमितिका सभापति समेत रहेका मोहन घिमिरेलाइ वडा नम्बर १ पौदिअमराइको वडाध्यक्षको उम्मेदवार बनाउने गरि निर्णय गरेको काङ्ग्रेसले बताएको छ ।
त्यस्तै नेपाली काङ्ग्रेस गुल्मी मुसिकोट वडा नम्बर ४ बडागाउले पनि वडाध्यक्षको टुङ्गो लगाएको छ ।
बुधबार बसेको पार्टीको बैठकले वडाका पार्टी सभापति समेत रहेका गुप्त बहादुर कार्कीलाइ सर्वसम्मत रुपमा काङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको काङ्ग्रेसले बताएको छ ।
यस अघि वडा नम्बर ९ अर्लाङ्गकोटमा भने नेतृ भुमा गुरुङ्गलाइ काङ्ग्रेसले उम्मेदवारको जिम्मा लगाइसकेको छ ।
आउदो बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनको लागि काङ्ग्रेसले अन्य वडाहरुमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्ने काममा अन्तिम बिन्दुमा पुगेको बुझिएको छ ।
केन्द्रमा सत्ता गठबन्धन दलहरुबिच चुनाबि तालमेल गरेर जाने निर्णय भए बमोजिम गुल्मीमा पनि सोहि अनुसार सबै स्थानिय तहमा आपसी सहमतिमा नै उम्मेदवारी टुङ्गाउने नेताहरूले बताएका छन ।
केहि दिनमै गठबन्धन दलले प्रमुख,उपप्रमुख र वडाहरुको टुङ्गो लगाउने गरि काम गरिएको बताइएको छ ।