नेकपा एकीकृत समाजवादिद्वारा गुल्मी मुसिकोटमा प्रथम नगर भेला आयोजना

विष्णुप्रसाद आचार्य(चकित) मुसिकोट गुल्मी – नेकपा एकीकृत समाजवादिद्वारा मुसिकोटमा प्रथम नगर भेला आयोजना गरिएको छ|

गुल्मीको मुसिकोटमा शुक्रबार आयोजना गरिएको नगर भेला रुद्रावती वहुमुखी क्याम्पसमा हुने समाजवादिका नेता श्रीराम महतले जानकारी दिनुभयो| स्थानीय निर्वाचन नजिकिएसंगै मुसिकोटमा राजनीतिक माहोल ह्वात्तै बढेसंगै समाजवादीले पनि चुनाव केन्द्रित कार्यक्रम गर्न लागेको बुझिएको छ |

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय कमिटिका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज भागवत विश्वासीको प्रमुख आतिथ्यता रहने आयोजकले बताएको छ | केहि समय अगाडी नेकपा एमालेबाट छुट्टिएर आफ्नो पहिचान बनाएको समाजवादी पार्टीले मुसिकोटमा रहेका आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थितिमा कार्यक्रम गर्न लागिएको छ |

समाजवादी पार्टीले छोटो समयमै आम नागरिकसमक्ष आफुलाई स्थापित गराइसकेको छ |गुल्मी जिल्लाको हकमा मंत्री समेत रहेकी रामकुमारी झाक्रीले विकाश निर्माणका काममा निकै उल्लेखनीय काम र योजनाहरुमा रकम विनियोजन गर्ने काममा आफुलाई सफल साबित गरिसकेकी छन् |

अबको केहि समयमै यहि अवस्थामा काम अगाडी बढ्ने हो भने गुल्मी जिल्लाले साच्चिकै मुहार फेर्ने नेता श्रीराम महतको दाबि रहेको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय