चौथो गुल्मी महोत्सव गृहमन्त्री बालकृष्ण खाँडद्वारा उद्घाटन हुने

अनिष पन्थी,गुल्मी । भोलि देखि हुने चौथो गुल्मी महोत्सव प्रादेशिक व्यापार एवं मेलाको उद्घाटन नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले गर्ने भएका छन ।

गुल्मी उद्योग बाणिज्य संघले गुल्मी महोत्सवको पुर्व सन्ध्यामा आज महोत्सव स्थल चिदिचौर खेल मैदानमा पत्रकार सम्मेलन गरि गृहमन्त्रीद्वारा उद्घाटन गर्ने बताएको हो ।

भोलि बिहान १० बजेदेखि शोभा यात्रा सहित बजार परिक्रमा र दिउँसो १ बजे गृहमन्त्री खाँडले उद्घाटन गर्ने कार्यक्रम रहेको गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा भुसालले बताए ।

गुल्मी जिल्लाको सम्पनता र समृद्धिको निकास शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको बिकास भन्ने नाराका साथ सञ्चालन हुने गुल्मी महोत्सव भोलि देखि बैशाख ४ गतेसम्म सन्चालन हुँदै छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय