मुसिकोटमा एमालेको तर्फबाट नगरप्रमुखमा सर्वसम्मत उम्मेदवार छनोट !

भुवन काफ्ले, गुल्मी । नेकपा एमालेले मुसिकोटले पार्टिको तर्फबाट आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनको लागि नगरप्रमुखमा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।

बिहिबार बसेको नेकपा एमालेले मुसिकोटको ५औ सचिवालय बैठकले मेयर पदका आकांक्षिहरु मध्य एमाले जिल्ला सदस्य तथा मुसिकोटका इन्चार्ज,समेत रहेका लोकप्रिय नेता जिवन खरेललाई सर्वसम्मत उमेतबार चयन गरेको एमाले मुसिकोट नगर अध्यक्ष प्रकाश काफ्लेले जानकारि दिनुभयो ।

एमाले मुसिकोटको तर्फबाट नगरप्रमुखमा ३ जनाको नाम चर्चामा रहेका थिए जसमा एमाले जिल्ला सदस्य तथा मुसिकोटका इन्चार्ज जिवन खरेल,नगर अध्यक्ष प्रकाश काफ्ले र लुम्बिनी प्रदेश सदस्य अग्निधर लोहनीले आकांक्षा राख्नु भएको थियो ।

त्यस्तै नगर उपप्रमुखको लागि पनि सर्वसम्मत उम्मेदवार छनोटको प्रयास भईरहेको र यसको पनि छिट्टै टुङ्गो लागने पार्टि श्रोतले बताएको छ ।

अहिलेसम्म पनि नगर उपप्रमुखको लागि ३ जनाको दाबेदारि कायमै रहेको छ, जसमा हालकि नगर उप प्रमुख समेत रहेकि कमला शर्मा,पार्टी जिल्ला सदस्य सिता भुषाल र पार्टी नगर उपसचिव गङ्गा श्रेष्ठले रहेको नगर अध्यक्ष प्रकाश काफ्लेले जानकारि दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय