चैत्र २५ गतेदेखि मुसिकोटमा टाइफाइड विरुद्दको खोप लगाइदै

विष्णुप्रसाद आचार्य मुसिकोट गुल्मी । आउदो चैत्र २५ गतेदेखि २९ गतेसम्म मुसिकोट नगरपालिका भित्रका विभिन्न ठाउमा टाइफाइड विरुद्दको खोप लगाइने भएको छ ।

१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुको लागि टाइफाइड विरुद्धको खोप नियमित खोपको रुपमा लगाउन सुरु गरिएको वामीटक्सार स्वास्थ्यचौकिले जानकारी दिएको छ । राष्ट्रिय खोप तालिकाअनुसार देशभर उक्त समयमा एकैसाथ खोप लगाउन थालिएको बताइएको छ । २५ गतेदेखि २९ गतेसम्म खोप लगाइसक्नुपर्ने समय तालिका अनुसार मुसिकोट नगरपालिका वडा नम्बर ७ भित्र २५ र २६ गते महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको भवनमा खोप केन्दे निर्धारण गरिएको छ ।

जसमा उक्त विद्यालयका विद्यार्थी र पायक पर्ने अन्यले खोप लगाउनेछन । २७ गते वामीटक्सार जीपपार्कमा मालिका इङ्ग्लिश बोर्डिङ्ग स्कुल,गौमति प्रा बि र लक्ष्मीनारायण प्रा वि र सोहि आसपासका बालबालिकाले खोप लगाउने गरि खोपकेन्द्र तोकिएको स्वास्थ्यचौकिले बताएको छ ।

२८ गते गोल्डेन फ्युचर एकेडेमी वामीटक्सार र भगवती प्रा वि काफलटोलामा समय तोकेर केन्द्र निर्धारण गरिएको र यस ठाउमा श्रीकृष्णनारायण प्रा वि का र आसपासका बालबालिकाले खोप लगाउनेछन ।

त्यस्तै खोप अभियानको अन्तिम मुसिकोट वडा नम्बर ७ को जनज्योति प्रा.वि सेरा र जनजागरण प्रा वि भेडुवाका विद्यार्थी सङ्गसङ्गै आसपासका बालबालिकाले खोप लगाउने गरि तयारी गरिएको छ ।

अन्य दिनमा अन्य ठाउमा छुटेका बालबालिकाका लागि अन्तिम दिन सेरा सङ्गै वामीटक्सार स्वास्थ्यचौकीमा पनि एकैसाथ सेवा सन्चालन गरिने भएकोले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाइ खोप केन्द्रसम्म पुराएर सहयोग गरिदिन सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

नगरपालिका अन्तरगतका अन्य वडाहरुले पनि समय तालिका बनाएर खोप लगाउने कार्यस्वरुप तयारी थालेका छन ।खोप सम्बन्धि जानकारी दिन विभिन्न विद्यालयहरुमा र स्वयंसेवीकाहरुलाइ अभिमुखिकरण तालिम पनि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय