माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश

काठमाडौं, चैत २२ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । यादव सोमबार एमालेमा प्रवेश गरेका थिए भने मण्डल आज विहान एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का सुशील कर्ण, व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादव समेत एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय