आलीको पछि लाग्ने कार्यकर्ताको भविष्य पनि हुँदैन,

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले कम्युनिस्ट पार्टी नभएको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले कम्युनिस्ट पार्टी नभइ केपी शर्मा ओलीलाई ‘बा’ भन्नेहरुको मात्रै पार्टी भएको टिप्पणी गरेका हुन् ।

‘केपी ओली सुध्रिन्छन् कि भनेर ठानेका थियौं । सुध्रिने संकेत नदेखेपछि हामीले विद्रोह गर्नुपरेको हो,’ उनले भने,‘अहिले त त्यो कम्युनिस्ट पार्टी होइन अब ‘बा’को पार्टी भयो। दुई चार जना छन्, तिनीहरुको आँखा कहिले खुल्ने हो। ढिलो नै आए पनि स्वागत गरिएला, तर ओलीकै पछि लाग्छन् भने केही गरिने वाला छैन ।’

केपी ओली बरबराउन थालेका छन् । गालीगलौज गर्न थालेका छन् । कु बाटोमा हिँड्न थालेका छन् । तिनका पछि लाग्ने कार्यकर्ताको भविष्य पनि हुँदैन,’ उनले भने । ‘हेर्दै जानुहोला केपी ओलीको के हालत हुन्छ, ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय