मुसिकोटको प्रथम नगर विकास योजनाको प्रारम्भिक खाका प्रस्तुत: राय सुझाव सकंन गरिँदै ।

सागर भण्डारी, गुल्मी । मुसिकोट नगरपालिकाको ५ वर्षे आवधिक योजनाका लागि निर्माण गरिएको प्रारम्भिक खाका प्रस्तुत गरिएको छ ।

नगरपालिकाले नगरपालिकाको समष्टीगत विकास समेटेर निर्माण गर्दै गरेको ५ वर्षे योजनाको प्रथम नगर विकास योजनाको प्रारम्भिक खाका प्रस्तुत गरिएको हो ।

मुसिकोट नगरपालिकाको प्रथम आवधिक विकास योजनाको मस्यौदा तस्तावेज प्रस्तुती तथा सुझाव सकंलन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा योजनावि प्रेम दुवाडीले उक्त खाका प्रस्तुत गर्नुभएको हो ।

मुसिकोट नगरपालिका क्षेत्रभित्रको सम्भाव्यता अध्ययन गरी योजना निर्माण गरिएको हो । नगरपालिकाका प्रमखु, उपप्रमुख, वडा अध्यक्षसहित कार्यपालिका सदस्य, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि र प्राविधिक टोलीसहितको सहभागितामा यसअगाडी नगरपालिकाले कार्यशाला सम्पन्न गरेको थियो ।

प्रस्तुत योजनामा आवधिक योजनाको खाका, दीर्घकालिन सोच, विकासको प्रमुख सम्भावना तथा अवसरहरु, विकासका प्रमुख समस्या र चुनौतीहरु, निर्देशक सिद्धान्त लगायतका विषयमा छलफल गरिएको थियो । उक्त छलफल भोलिसम्म चल्नेछ ।

थप जानकारिका लागि यहाँ किलिक गर्नुहोस् ्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय