सिवाईसीद्धारा सदस्यहरुका लागि व्यवसायीक पशुपालन तालिम सम्पन्न

बागलुङ-बेरोजगारसंग रोजगार,उत्पादनसंग बजार, आर्थिक अभावसंग सिवाइसी लघुवित्त भन्ने मुल नाराका साथ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा संचालित लघुवित्त सेवा अन्तर्गत व्यवसायीक सिप विकास तालिम सम्पन्न भएको छ ।

खर्बाङ शाखा कार्यालय बागलुङले आफ्ना सदस्यहरुलाई व्यवसायीक बनाउनका लागि विभिन्न व्यवसायीक सिप विकास तालिम सञ्चालन गरेको हो।

सदस्यहरुलाई कर्जासंगसंगै कर्जालाई सदुपयोग गर्नका लागि संस्थाले सदस्यको माग र बजार अनुसारका तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा शनिबार खर्बाङ शाखा कार्यालय बागलुङको आयोजनामा बडिगाड गाउपालिका वडा नं. ४ जलजलामा १ दिने व्यवसायीक पशुपालन तालिम सम्पन्न गरेको छ ।

बडिगाड गाउपालिका नं। ४ जलजला स्थित सामुदायिक भवनको प्रङगणमा तालिम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बिना सिङजाली, पुनम श्रीस, भिमा श्रीस र गुफा निम्न माध्यमिक विधालयका प्रधानाध्यापक केहरसिङ सिङजालीले मन्तव्य व्यक्त गर्दै सिवाईसी नेपालले लघुवित्त कार्यक्रमको माध्यमबाट सानोसानो रकमको माध्यमबाट पुँजी निर्माणमा सहयोग गरेको बताउनु भयो ।

साथै तालिममा सिकेका कुरालाई ब्यबहारमा उतार्नु आग्रह गर्नुभयो। उक्त कार्यक्रममा बोल्ने सम्पूर्ण दिदीबहिनीहरुले सिवाइसी नेपाल हामी सबैको हर सुख दुःखमा साथ र सहयोग गर्दै आफ्नो समस्या आफै समाधान गरि आत्म निर्भर बनाउनु निकै प्रशंसनिय रहेको बताउनु भएको थियो ।

सिवाइसी नेपालले लघुवित्त सेवाको माध्यमबाट घरकै चुलोचौका सिमित हामी जस्तै दिदि बहिनीहरुलाई आत्मा निर्भर बनाएकोले सिवाइसी नै हाम्रो लागि पहिलो रोजाइ बनेकोले लघुवित्त कार्यक्रमलाई अझै व्यबस्थित बनाउदै आर्थिक अनुशासन पालना गर्न सवैलाई आग्रह गर्नुभएको थियो।

उक्त तालिमको सहजीकरण पशु प्राबिधिक बिष्णु प्रसाद घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ताको रुपमा तारा घर्ती र तालिममा उत्कृष्ट सकृय सहभागीको रुपमा अमृता सिङजाली लगायतलाई सम्मान गरिएको थियो।

उत्त कार्यक्रमको अध्यक्षता केन्द्र नं ५५ की केन्द्र प्रमुख नुना परियाले गर्नुभएको थियो साथै स्वागत मन्तव्य केन्द्र नं ५४ की केन्द्र प्रमुख चन्द्रा रेस्मीको थियो भने सन्चालन शाखा प्रमुख सुबास नेपालीले गर्नुभएको थियो।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय