एमाले मुसिकोटमा उम्मेदवारको टुङ्गो सर्वसम्मत नजिक,आकांक्षि घटे

विष्णुप्रसाद आचार्य “चकित” मुसिकोट गुल्मी- नेकपा एमालेको तर्फबाट आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनको लागि उम्मेदवार छनोटको प्रक्रिया सर्वसम्मत नजिक पुगेको छ ।

शुक्रबार बसेको पार्टीको पुर्णकालिन बैठकले आकांक्षिको नाम माग गरेपछि चर्चामा आएका मध्ये कतिपयले सर्वसम्मत निर्णयको लागि भन्दै उम्मेदवारीमा दाबि नगरेको पार्टी श्रोतले बताएको छ ।

कम्तिमा एक हप्ताभित्र सर्वसम्मत उम्मेदवारको टुङ्गो लगाउन पार्टी प्रयासमा रहेको जिल्ला तथा नगर तहका एमाले नेताहरूले बताएका छन । यस अघि नगरप्रमुखमा दाबि गर्नुभएकि हालकि उपमेयर समेत रहेकि कमला शर्माले नगर उपप्रमुखमै दोहोरिने चाहना गरेको बुझिएको छ ।

यतिबेला नगरप्रमुखमा ३ जनाको नाम चर्चामा रहेको छ । एमाले जिल्ला सदस्य तथा मुसिकोटका इन्चार्ज जिवन खरेल,नगर अध्यक्ष प्रकाश काफ्ले र लुम्बिनी प्रदेश सदस्य अग्निधर लोहनीले दाबि पेश गर्नुभएको एमालेले बताएको छ ।

त्यस्तै नगर उपप्रमुखको लागि पनि दाबी घटेको छ । यस अघि ४ जनाको दाबि रहेकोमा शुक्रबार जम्मा ३ जनाले दाबेदारि पेस गरेका छन । हालकि नगर उप प्रमुख समेत रहेकि कमला शर्मा,पार्टी जिल्ला सदस्य सिता भुषाल र पार्टी नगर उपसचिव गङ्गा श्रेष्ठले रुचि देखाएको पार्टी निकट श्रोतले बताएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका हालका मुसिकोटका नगर प्रमुख सोमनाथ सापकोटाले भने हाललाइ कुनै पदमा उम्मेदवार बन्न रुचि नदेखाएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय