Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
ओलीको आरोप- भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाउने कांग्रेस हो | Naba Khabar
ओलीको आरोप- भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाउने कांग्रेस हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछि नेपाली कांग्रेसले भारतीय सेना बोलाएर देशभक्त नेपालीको ह.त्या गराएको आरोप लगाएका छन् ।

उनले कांग्रेसका महामानव विश्वेश्वरप्रसाद कोइरालाकाे पनि आरोलाेचना गरे ।अनेरास्ववियुको विस्तारित बैठक उद्घाटन समारोहमा बोल्दै ओलीले ऐतिहासिक प्रसंग कोट्याएका थिए । ००७ सालपछि आन्दोलनको उपलब्धि अपूरो भयो भनेर आवाज उठाउने युवाहरूमाथि कांग्रेसको सरकारले दमन गरेको उनले बताए ।

‘भारतीय सेना ल्याएर डोटीमा गिरफ्तार गरेर भीमदत्त पन्तको टाउको काट्ने काम भयो,’ ओलीले भने, ‘अलिक भन्न राम्रो लाग्दैन, तर यो सबै नेपाली कांग्रेसले गरेको हो । विदेशी सेना नेपालभित्र बोलाएर नेपालको भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली कांग्रेसले कटाएको थियो । नेपाली कांग्रेस यस्तै हो ।’

ओलीले थपे, ‘विद्यार्थी आन्दोलन दबाउने क्रममा २००८ साल कात्तिक २० गते चिनियाँ काजीको ह.त्या गर्दा वीर विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री हुनुहुन्थ्यो । त्यति बेला कति विद्यार्थी हुँदा हुन् ? त्यति पनि सहन नसकेर गोली चलाइएको थियो ।’

ओलीले हालका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदाका बखतको प्रसंग पनि निकाले, तर केही टिप्पणी गरेनन् ।

‘कांग्रेसका अहिलेका सभापति अहिले देशभित्र हुनुहुन्न । बाहिर भएका बेला केही भन्दिनँ । फेरि विदेश गएका बेला लखेट्यो भन्लान् । उहाँ आएपछि नै भनौँला,’ ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर