Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा चुनावी तालमेल | Naba Khabar
गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा चुनावी तालमेल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि सोही अनुरुपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी लगाउन लागिएको हो ।

यो पनि पढ्नुहोस् – कैलाली । स्थानीय तह निर्वाचन नजिकसंगै दल अदल बदल गर्ने हरुको संख्या बढी रहेको छ ।कैलाली गोदावरी नगरपालिका -१ का एमाले नेता भिम बिक एकै दिन एमालेबाट माओवादी र माओवादीबाट एमाले प्रवेश गरेका हुन् ।

एमाले वडा नम्बर १ वडा कमिटीका पूर्व अध्यक्ष बिक बुधबार माओबादीमा प्रवेश गरेका थिए । अत्तरियामा गोदावरी नगर कमिटीको आयोजनामा भईरहेको प्रशिक्षण कार्यक्रममा उनी माओबादीमा प्रबेश गरेका थिए । त्यसको केही घण्टामै उनी पुन एमाले मै फर्किएका छन् ।

गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट संग सम्बाद गरेपछि उनी एमाले मै बस्न सहमत भएका हुन् । उनले आफू माओवादीमा नगएको जहाँ थिए त्यहीँ रहेको बताए ।

“साथीहरू ले कार्यक्रम छ भनेर बोलाए , म कार्यक्रममा गएको हुँ,” उनले भने ,”म जहाँ थिए त्यहीँ छु । नेकपा एमाले मै छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर