लोसपासँग कुरा मिलाएर देउवाले मन्त्रिपरिषद् पुनः गठन गर्ने

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनः गठन गर्ने तयारी गरेका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा ल्याउने प्रयास गरेका छन् । यसका लागि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग विभिन्न माध्यमले कुराकानी बढाएका छन् ।

देउवाले आज बालुवाटारमा ठाकुरसँग भेटेर निर्णायक छलफल गर्ने बुझिएको छ । लोसपाले ३ मन्त्रालय मागेकोमा देउवा २ वटा मन्त्रालय दिन तयार छन् । कुरा मिलेमा चाँडै मन्त्रिपरिषद्मा नयाँ मन्त्री थपिने र केही हेरफेर हुने बुझिएको छ । सत्ता गठबन्धन अझ बलियो बनाउने गरी देउवाको तयारी छ । लोसपालाई सरकारमा नल्याए एमालेसँग चुनावी गठबन्धन गर्न सक्नेमा देउवा सतर्क भएका छन् । यसकारण उनी ठाकुरलाई मनाउन लागिपरेका छन् ।

लोसपालाई सरकारमा ल्याउनका लागि देउवाले रक्षा र आपूर्ती मन्त्रालयमा नयाँ मन्त्री ल्याएका छैनन् । उनले लोसपालाई मनाएर काँग्रेसबाट पनि केही मन्त्री थप्ने विश्वस्त स्रोतले बताएको छ । देउवाले प्रकाशमान सिंहको समूहबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय