Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
बडिगाडबाट पेस्तोल र गोली सहित एक पक्राउ | Naba Khabar
बडिगाडबाट पेस्तोल र गोली सहित एक पक्राउ

बागलुङ : प्रहरीले बागलुङको बडिगाडबाट पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बडिगाड गाउँपालिका-५ ग्वालिचौरबाट ४० वर्षका श्याम बहादुर रेश्मीलाई एक थान पेस्तोल र चार राउण्ड गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

उहाँलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङमा राखेर अनुसन्धान गरिएको छ ।

यसलाई पनि पढ्नु होला//

गुल्मी । स्थानीय तहको परिकल्पना भनेको स्थानीय स्तरमा बसोबास गर्ने नेताहरुले नेतृत्व गरी जनतालाई सहज सुविधा दिनेगरी गरिएको व्यवस्था हो । जहाँ स्थानीय स्तरमै बसोबास गरेको, जनताका समस्या बुझेको र जनतासँग प्रत्यक्ष रुपमा जोडिएको व्यक्तिलाई वडा तथा पालिकाहरुको नेतृत्व गर्ने अवसर दिनु उचित मानिन्छ ।

तर गुल्मीको मुसिकोट नगरपालिकाको एमाले कमिटिले वडा नम्बर ९ मा यस्ता व्यक्तिलाई टिकट दिएको छ, जसले चार पाँच बर्ष अघि नै गाँउ पूर्णरुपमा छोडेर बजारको बसाई सरेका छन् । मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटको बसाई छोडेर नगरपालिको केन्द्र वामीटक्सारमा पूर्णरुपमा आलिसान घरमा बसाई सरेका शिक्षक समेत रहेका रामकृष्ण कंडेललाई एमालेले टिकट दिएको हो ।

कंडेलले वामी मैदान स्थित श्री शारदा विद्या मन्दिर माबिमा अध्यापन पनि गर्छन् । उनी पहिले माओवादी पार्टीको राजनीति गर्थे । त्यसपछि उनी अघिल्लो चुनाव ताका एमालेमा प्रवेश गरे । केही व्यक्तिले त उनी काँग्रेसमा पनि प्रवेश गर्न चाहेको तर काँग्रेसले भाउ नदिएपछि एमालेमा गएको भनेर आरोप समेत लगाउने गरेका छन् ।

शिक्षणको साथसाथै उनी आफूलाई पत्रकार समेत भन्न रुचाँउछन् । आफूले गरेका काममा आलोचना गरेको सहनै नसक्ने, विपक्षी माथि खुलेआम जाइलाग्ने स्वभाव भएको भन्दै आलोचना खेपिरहने कंडेल अब वामीटक्सारमा बसेर वडा नम्बर ९ अर्लाङ्कोटको वडाध्यक्ष बन्न तम्सिएका छन् ।

वामीटक्सार बसेर अर्लाङ्कोटको जनप्रतिनिधि निर्वाचित भए दुःख पाउने भनेको सर्वसाधारणले नै हो । वडाध्यक्ष भनेको कार्यालय समयमा कार्यालयमै भेटिनु पर्छ भनिन्छ । त्यस्तै समस्या जतिवेला पनि पर्छ, त्यसकारण जतिबेलामा पनि गाँउमै भेटिने व्यक्ति वडाध्यक्ष हुनुपर्छ ।

वामीटक्सारबाट दुइवटा वडा नाघेर निर्वाचन क्षेत्रमा जान पैदल साढे दुई देखि साढे तिन घण्टा लाग्छ भने मोटरबाइकमै गएपनि एकघन्टा लाग्छ । यसरी घर पायक नै नपर्ने जनप्रतिनिधि पठाएर कस्तो समाजसेवा गर्न खोजेको ? भन्दै आम सर्वसाधारण असन्तुष्ट भएका छन् । नाम नखुलाउने सर्तमा त्यहाका एक व्यक्ति भन्छन्ः ‘वार्ड अध्यक्षको आबश्यकता परे गाडि आउने दिन पर्खेर चार सय भाडा जोहो गरेर जानुपर्छ भने स्थानीय सरकारलाई नजिकको सरकार कसरी भन्ने ?’

उनीहरुका अनुसार उम्मेद्वारले यदि चुनाव जितेको खण्डमा गाँउमै बसेर सेवा दिनेमा विश्वस्त हुन सकिदैन । उनको सपरिवार वामीटक्सार बस्ने तर उनी गाँउमा फर्किने पक्कै नहुने भन्दै सर्वसाधारणले एमालेलाई उम्मेद्वार छनौटमा पुनर्विचार गर्न उनीहरुको आग्रह छ ।

यस वडामा नेपाली काँग्रेसले महिला नेत्री भुमा गुरुङलाई उठाउने निर्णय गरेको छ । यसअघि काँग्रेसको गढ

प्रतिक्रिया

सम्बन्धित खवर