Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
गठबन्धन ५ किलो र एमाले एक क्विन्टलको ढक : केपी अ‍ोली | Naba Khabar
गठबन्धन ५ किलो र एमाले एक क्विन्टलको ढक : केपी अ‍ोली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गरेका छन् । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धन एकएक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताएका हुन् ।

नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्न अव कुनैपनि पार्टीले नसोचे र नचिताए हुन्छ’, ओलीले भने, ‘त्यसकारण उहाँहरुले गठबन्धन गरेर आउनुपर्छ भनेर भनिरहनुभएको छ ।’ ओलीले गठबन्धनका केही पार्टीले गठबन्धन गर्ने भनेपनि गठबन्धन गर्न भने त्यति सजिलो नभएको टिप्पणी गरे ।

एमालेलाई पनि बच्चाहरूसँग लड्न समस्या हुन्छ । सक्छन् भने गरुन्, गठबन्धन, तर सजिलो छैन । लोभी पापीहरुको गठबन्धन गर्न कहाँ सजिलो हुन्छ ?’, ओलीको प्रश्न छ । उनले सजिलो नभएकै कारण स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न समेत दुई दिनको समय छुट्याएकोमा आपत्ति जनाए । ‘त्यही भएर मनोनयन गर्ने समय दुई दिन राखेका हुन् । एक हप्ता गराएपनि के हुन्छ ? मनोनयन नै हुन्छ’, ओलीको भनाइ छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर