निसीखोलामा पिकअप जिप दुर्घटना, एक जनाको मृत्य

छबिलाल पाण्डे,बुर्तिबाङ– बागलुङको निसीखोलामा पिकअप जिप दुर्घटना भएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय ऋतुवर्ण पौडेलको मुत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

मंगलबार साँझ ६ः४५ बजे निसीखोला गाउँपालिकाको निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरकको पिकअप जीप दुर्घटना भएको प्रहरी निरीक्षक वन्तको भनाई छ ।

पिकअप जिप सडकबाट करिब १०० मिटर तल निसीखोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३८ वर्षीय सुरेश थापा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय