भोजपुरको लेखर्कमा नेकपा एसको सिंगो कमिटी एमालेमा समाहित

टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कमा नेकपा एसको पूरै कमिटी नेकपा एमालेमा समाहित भएको छ ।

वडा कमिटीका अध्यक्ष सन्तोष चाम्लिङ नेतृत्वको २१ सदस्यीय कमिटी एमालेमा प्रवेश गरेको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए ।

वडास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष राई, गाउँपालिका अध्यक्ष एवं प्रदेश कमिटी सदस्य ध्रुव राईलगायतका नेताहरूले उनीहरूलाई स्वागत गरे । स्थानीय निर्वाचन नजिकिँदै जाँदा भोजपुरमा माओवादी, कांग्रेस र एसबाट नेता-कार्यकर्ता प्रवेश गरिरहेका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय