आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि गुल्मीको मुसिकोटमा नेकपा एमालेले धमाधम उम्मेदवारी घोषणा गर्न थालेको छ ।
फागुन २९ गतेदेखि वडातहबाट सुरु भएको भेटघाट तथा छनोट प्रक्रियाबाट अहिलेसम्म वडा नम्बर ३ बडागाउमा शंकर रायमाझि र वडा नम्बर ९ मा रामकृष्ण कडेललाइ एमालेले सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ । अन्य वडाहरुमा पनि धमाधम छनोट प्रकृया चलिरहेको एमालेले बताएको छ । सकेसम्म आउदो चैत्र १६ गतेसम्म सम्पुर्ण वडाहरुको उम्मेदवार सर्वसम्मत घोषणा गर्ने गरि पार्टी रस्साकस्सिमा लागेको एमाले श्रोतले बताएको छ ।
नेकपा एमालेले १६ गतेसम्म सर्वसम्मत वडाध्यक्षहरुको उम्मेदवार टुङ्गो वडा तहबाट लगाउन नसकेमा १८ गते बस्ने नगर कमिटीको पुर्ण बैठकले सर्वसम्मत बनाउन भरपुर प्रयास र सहजीकरण गर्ने बताएको छ।आकडा हेर्दा सर्वसम्मत हुने देखिएको एमालेले बताएको छ । यदि नगरबाट टुङ्गो लगाउन नसकेमा पार्टीको माथिल्लो कमिटिमा सिफारिस गरिने बताइएको छ ।
घोषणा नभएका वडाहरुमा ४ देखि ९ जनासम्म उम्मेदवारले चाहना देखाएका छन । छलफल तथा छनोट प्रक्रियामै रहेकोले उम्मेदवार बढ्न सक्ने आकलन पनि गरिएको छ । विशाल पार्टीमा उम्मेदवार संख्या बढि देखिनु स्वभाविक रहेको एमाले नेताहरुको तर्क रहेको छ ।
त्यस्तै नगर प्रमुखको जिम्मेवारी सम्हाल्न पार्टिबाट अहिले ३ जनाले उम्मेदवारीमा चर्चा बटुलेका छन। पार्टी नगर अध्यक्ष प्रकाश काफ्ले,जिल्ला सदस्य तथा मुसिकोट इन्चार्ज जीवन खरेल र हाल नगरपालिकाको उपप्रमुख समेत रहेकी कमला शर्माले नगर प्रमुखमा बलियो दाबि प्रस्तुत गरिरहेका छन ।हाल नगर प्रमुखको जिम्मेवारी सम्हालेका सोमनाथ सापकोटा भने चुनावि मैदानमा उत्रन नचाहेको पाइएको छ ।
उपप्रमुखको रुपमा भने पार्टि जिल्ला कमिटि सदस्य सीता भुषाल,अखिल नेपाल महिला सङ्घ मुसिकोट नगर अध्यक्ष तथा एमाले नगर कमिटी उपसचिव गङ्गा श्रेष्ठ,कार्यपालिका सदस्य तथा पार्टि जिल्ला सदस्य सत्या कुमारी जि सी,कार्यपालिका सदस्य सरस्वति घिमिरे लगायतको चर्चा रहेपनि हालकी उपप्रमुख कमला शर्मा नै दोहोरिन सक्ने चर्चा पनि एमाले वृतमा चल्ने गरेको नेताहरुले बताएका छन ।
यद्यपि अझै उम्मेदवारहरु थपिन पनि सक्ने नेताहरुको भनाइ छ । नगरमा गरिएको सहमतिको अन्तिम प्रयासमा पनि टुङ्गो नलागेमा जिल्ला तथा प्रदेशतिर सिफारिस अगाडि बढ्ने एमालेले बताएको छ ।