पूर्वमुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव आचार्य एमाले प्रवेश गर्दै

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एव कर्णाली विकास आयोगका सदस्य समेत रहेका आचार्य एमाले प्रवेश गर्ने भएका हुन् ।

उनी यही चैत १७ गते कालिकोटमा आयोजना कार्यक्रममा उनी एमाले प्रवेश गर्ने भएका हुन् । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहभागिता रहने एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नागेन्द्र शाही नेश्नलले बताए ।

अध्यक्ष ओलीले करिब चार सय जनालाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको शाहीको दाबी छ ।

संघर्ष गरेर जनताको सेवा गर्ने प्रयासरत रहेको उल्लेख गर्दै आचार्यले नेकपाकै अंशका रूपमा लिएर पार्टी प्रवेश गर्न लागेको बताए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय