किशोरी हिंशा न्युनिकरणको लागि आत्मरक्षा तथा प्रतिकार तालिम जलजलामा सम्प

अनिश पाठक, बाग्लुंग

बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड महिला तथा बालबालिका शसक्तिकरण केन्द्रको आयोजनामा किशोरी हिंशा न्युनिकरणको लागि आत्मरक्षा तथा प्रतिकार तालिम आज जलजलामा सम्पन्न भएको छ ।

आज पालिकाको वडा नंं ४ जलजलाका १ सय ५१ जना किशोरी उक्त तालिममा सशभागि भएको केन्द्रकि अध्यक्ष बिना थापाले बताईन् ।

सो अबसरमा बनस्पति माविका १ सय ८ र लौगाँ माविका ४३ जना किशोरी सहभागि भएका हुन ।

तालिमको अबसरमा बडिगाड ४ जलजलाका वडा अध्यक्ष प्रेम गलामीले पछिल्लो समय बलत्कारका घटना बढ्दै जान थालेकोले त्यस्ता घटना न्युनिकरण गर्न र सम्भावित घटनाबाट बच्न समेत तालिमबाट सिकेका ज्ञानले सहयोग पुग्ने बताए ।

कार्यकापालिका सदस्य केशमाया छन्त्यालले किशोरी समस्यामा परेको बेला पनि सिकेका उपायबाट किशोरी जोगिन सफल हुनेमा आफु विस्वस्त रहेको बताईन ।

१० दिन सम्म बडिगाड गाउँपालिका भित्रका सबै वडाका माध्यमिक बिद्यालयका किशोरीहरुलाई दिईने उक्त तालिमको सहजिकरण भने बडिगाडकै करातेका राष्ट्रिय खेलाडि राजन कुमार पाईजा र कपिल रोका मगरले गरिरहुन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय