महिलालाई लैंगिक सचेतना सम्वन्धी कार्यक्रम

काैरव खत्री बागलुङ

पितृ सत्तात्मक सोंचका कारण हाम्रो समाजमा आज पनि लैंगिक विभेदका घटनाहरु दिनहुँ घटिरहेका छन ।

हाम्रा आनीबानी व्यवहारहरुमा परिवर्तन आउन नसक्दा आज पनि घरेलु हिंसा, महिला माथि हुने विभेद समाजमा व्याप्त छ ।

यस्ता खाले घटना न्यूनिकरण गर्न विभिन्न संघ संस्था देखि सरकारले विभिन्न सचेतना जगाउने कार्यक्रम गरिरहेका छन ।

गलकोट नगरपालिकाले नगर भित्र लैंगिक हिंसा न्यूनिकरण गर्दै सभ्य समाज निर्माण गर्ने उदेश्यले सचेतना कार्यक्रम गर्दै आईरहेको छ घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ सुरु भएको अभियान गलकोट नगरपालिका वडा नं ७ मल्ममा मंगलबार सचेतना कार्यक्रम सकिएको छ ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले लैंगिक हिंसा न्यूनिकरण गर्न हाम्रो सोंच र व्यवहारमा सकरात्मक परिवर्तन गर्नुपर्ने बताएकी छन ।

उनले लैंगिक समानतालाई विकास र समृद्विका सवालका रुपमा समाजमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्वि स्थापना हुन नसक्ने उल्लेख गरिन ।

नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामुलक सिद्वान्तको आधारमा समतामुलक समाज निर्माण गर्ने संकल्प गरेपनि व्यवाहारमा लागू हुन नसक्दा हिंसाका घटनाहरुमा कमि आउन नसकेको उनले बताईन ।

सो अवसरमा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्मा, गलकोट नगर कार्यपालिका सदस्य शिव कुमारी खत्री, गलकोट नगरपालिका वडा नं ७ का कार्य बहाक वडा अध्यक्ष लोक बहादुर थापा, वडा सदस्य मिना दर्जीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागी महिलाहरुलाई समाजमा लैंगिक विभेद न्यूनिकरण कसरी गर्ने, घर तथा समाजमा महिलाको वर्तमान अवस्था, महिला हिंसाका मुख्य कारणहरु, नेतृत्व विकास कसरी गर्ने लगायतका विषयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्य थम्मन थापा सन्देश, गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल बहादुर विक र कान्तिपुरका बागलुङ संवाददाता प्रकाश बरालले सहजीकरण गरेका थिए ।

उक्त सचेतना कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ स्थित महिला समुहका झण्डै ६० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाको अध्यक्षता, वडा सदस्य पदमा नेपालीको स्वागत मन्तव्य र सचिव सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय