माओवादी, नेकपा एस र जसपाका मन्त्रीहरुलाई कर्मचारीले टेर्न छाडेपछि…

काठमाडौं, ८ चैत्र । सरकार चार दलको छ । गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी सरकारमा छन् । तर, सरकारमा काँग्रेसले अत्याधिक हावी देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुले त्यसो हुनु स्वाभाविक हो । तर, देउवाले महत्वपूर्ण नियुक्ति देखि सरुवाहरुमा भूमिका बढाउँदै गएका छन् ।

काँग्रेसको मन्त्री रहेको मन्त्रालयहरुमा अन्य दलको कुनै नियुक्तिको सम्भावना न्यून छ । तर, काँग्रेसले अर्थ मन्त्रालय, ऊर्जा, पर्यटन मन्त्रालयलगायतमा भएका नियुक्तिहरुमा आफ्ना मान्छेको व्यवस्थापन गरिसकेको छ ।

राजदूतमा अमेरिका, भारत र बेलायतमा काँग्रेसनिकटहरु गइसकेका छन् । माओवादीले चाहना राखेको चीनमा अझै राजदूत नियुक्ति भएको छैन । त्यहाँ सभामुख अग्नि सापकोटाको छोरा रुपक सापकोटाले इच्छा राखेका छन् । तर, देउवा निर्णय लिन तयार देखिएका छैनन् । राजदूतहरुमा पनि देउवाले आफ्नालाई नै बढी स्थान दिनेगरी तयारी गरिरहेको बुझिएको छ ।

प्रचण्डले यसकारण पनि पछिल्लो समय देउवासँग असन्तुष्टि पोख्न थालेका छन् । माधव नेपालले कर्मचारीले आफ्ना मन्त्रीलाई टेर्न छाडेको सार्वजनिक रुपमै बोलेका छन् । उनले मन्त्रीहरु फेरिने हल्लाले त्यस्तो भएको हुनसक्ने बताए । तर, कर्मचारीले माधव नेपालका मन्त्रीहरुलाई बेवास्ता गर्न थालेका छन् । आक्रामक रुपमा चिनिएका मन्त्री प्रेम आले देखि किसान श्रेष्ठ समेत विगतमा भन्दा सुस्ताएका छन् ।

जसपाका मन्त्रीहरु उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भन्दा देउवानिकटस्थलाई नजिक बनाउन लागिपरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय