समाजवादी जनता पार्टी आज एमालेमा विलय हुँदै

समाजवादी जनता पार्टी सजपा आज औपचारिक रुपमै नेकपा एमालेमा विलय हुँदै छ । उक्त पार्टीको नेतृत्व गरिरहेका पूर्वमन्त्री प्रेमबहादुर सिंह सिंगो पार्टीसहित एमालेमा प्रवेश गर्न लागेका हुन् ।

आज मंगलबार दिउँसो १ बजे एमालेको केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी ओलीले नेता सिंहसहितको टिमलाई पार्टीमा भित्र्याउँदै छन् । सिंहको नेतृत्वमा रहेको सजपा एमालेमा विलय हुने निश्चित रहेको जनाइएको छ

यसैगरी अभिनेत्री करिश्मा मानन्धर पनि आजै एमालेमा प्रवेश गर्ने भएकी छन् । विगतमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै राजनीतिमा सक्रिय देखिएकी मानन्धर पछिल्लो समय एमालेमा आउन चाहिरहेकी थिइन् ।

बीचमा केही समय राजनीतिबाट निष्क्रिय रहेकी मानन्धर अहिले चुनावी माहौलसँगै एमालेमा प्रवेश गर्न लागेकी हुन् । उनलाई पनि अध्यक्ष ओलीले पार्टी प्रवेश गराउने तय भएको जनाइएको छ ।

सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए।

अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्। उनी पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय