बडिगाड ३ सिसाखानी माबिका किशोरीहरुलाई १ दिने आत्मरक्षा तथा प्रतिकार तालिम सम्पन्न

तिलक मगर,बडिगाड- बडिगाड ३ सिसाखानीका बिद्यार्थीहरुको लागि हिजो १ दिने आत्मरक्षा तथा प्रतिकार तालिम सम्पन्न भएको छ ।

बडिगाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट आर्थिक सहयोग भई बडिगाड महिला तथा बालबालिका शसक्तिकरण केन्द्रको आयोजनामा हिजोबाट किशोरी हिसां न्युनिकरणको लागि १ दिने आत्मरक्षा तथा प्रतिकार तालिम सुरु भएको हो ।

सिसाखानी मा.बि.बाट सुरु भएको यो तालिम १० दिन सम्म बडिगाड गाउँपालिका भित्रका मा.बि बिद्यालयका किशोरीहरुलाई दिईने आयोजक बडिगाड महिला तथा बालबालिका शसक्तिकरण केन्द्रका सहजकर्ता बिना थापाले जानकारि दिनु भएको छ ।

करातेका राष्ट्रिय खेलाडि राजन कुमार पाईजा र करातेकै राष्ट्रिय खेलाडि कपिल रोका मगरले किशोरीहरुलाई आत्मरक्षा तथा प्रतिकार दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय