सूर्य हरियो हुन्छ ? निर्वाचन अयोगलाई ओलीको प्रस्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि मतपत्र हरियो बनाइएको विषयमा निर्वाचन आयोगको आलोचना गरेका छन् ।

उनले चुनावको मनोनयनका लागि दुई दिन समय दिइएकोमा पनि आयोगप्रति आशंका व्यक्त गरे । इलाममा आयोजित जनसभामा सम्बोधन गर्दै ओलीले कांग्रेसको चुनाव चिन्ह रुखसँग रंग मिलाइदिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो ? सूर्य हरियो हुन्छ कहीँ ?’ ओलीले मनोनयन दर्ताका लागि दुई दिन दिने प्रचलन विश्वमा कतै नभएको दाबी गरे ।

उनले भने, ‘सधैँ निर्वाचन अयोगले मनोनयन दर्ताका लागि एक दिन दिन समय गर्थ्यो । यसपालि दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा एक दिनमा कुरा नमिल्न सक्छ भनेर हो ?

मनोनयनका लागि दुई दिन दिएको कहिँकतै देख्नुभएको छ ? विश्वभरि एकै दिन दिइन्छ । पाँच दलीय खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय