एमालेको गढ रित्तियो:यी केन्द्रीए नेतासहित सिंगो गाउँ पार्टी कार्यालय खोलेर माओवादीमा प्रवेश !

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रको एउटा सिङ्गै गाउँ नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पशुपति चौलागाईंका कारण एमालेको गढ मानिने तत्कालिन काब्रे गाविसको उनियाँचौर बस्तिका ४९ र अन्य दुई गरी ५१ जना नेकपा माओवादी केन्द्रमा आज प्रवेश गरेका हुन् ।

उनियाँचौर निवासी एमालेका प्रभावशाली नेताहरु निलप्रसाद लामिछाने, हरिलाल लामिछाने, कृष्णप्रसाद लामिछाने, दलवहादुर सार्की, गोरेवहादुर सार्की, पदमवप्रसाद लामिछाने, जगन्नाथ दहाल, लालवहादुर दाहाल, शिवराम दाहाल, चन्द्रवहादुर दाहाल लगायतका एमालेका स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यस्तै काब्रेकै च्यानेका अमृतवहादुर तामाङ र बैतेश्वर २ माझगाउँका उमेश घिसिङ पनि माओवादीमा प्रवेश गरेका छन् ।

सिंगो गाउँ नै पार्टी कार्यालय खोलेर माओवादी प्रवेश गराउनका लागि केही दिनअघि मात्रै माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडाबाट माओवादीमा प्रवेश गरेका टंकपसाद लामिछानेले सहजीकरण गरेका हुन् । टंकपसाद लामिछाने बैतेश्वर ४ मा कांग्रेसका तर्फबाट वडाअध्यक्षका बलिया दाबेदार मानिदै आएका थिए ।

नवप्रवेशीहरुलाई नेकपा माओवादीका युवा नेता एवँ बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का लगायत माओवादीका जिल्लास्तरीय नेताहरुले पार्टीमा प्रवेश गराएका हुन् ।

माओवादी केन्द्र बैतेश्वर ४ का वडा संगठन समिति अध्यक्ष भरत ढुँगेलको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य लक्ष्मण खड्का, बैतेश्वर गाउँपालिका संगठन समितिका अध्यक्ष भिमवहादुर श्रेष्ठ, सचिव भुवन घिमिरे, दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मिन घिमिरे लगायत उपस्थित थिए ।

आजै नेकपा माओवादी केन्द्र दोलखाको जिल्ला समन्वय समितिको बैठक सुरु भएको छ ।

बैठकमा सहभागी बैतेश्वरका उपाध्यक्ष मिनकुमार शिवाकोटीका अनुसार बैतेश्वर ७ का एमाले र कांग्रेस परित्याग गरी बलराम खड्का,कल्पना खड्का र राजकुमार थामी माओबादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देवी खड्का लगायतले स्वागत गरेका थिए ।

आगामी निर्वाचनमा चुनाव हराउँनै पर्ने लिस्टको पहिलो नम्बरमा झलनाथ खनालको नाम !

सरकारले तोकेको स्थानिय तहको निर्वाचनको मिति नजिक आइरहँदा प्रमुख राजनितीक दलका नेताहकरुको देश दौडाह चलिरहेको छ । पार्टी प्रवेश कार्यक्रम देखी निर्वाचन केन्द्रित कार्यक्रम लिएर प्रमुख दलका शिर्ष नेताहरु देशव्यापी कार्यक्रमहरमा व्यस्त छन् ।

वाम गठबन्धन खण्डित भएको र परमादेशबाट सरकार बनेको विशिष्ट परिरिस्थीमा हुन लागेको स्थानिय र संघिय निर्वाचनको परिणामलाई लिएर सम्भावित परिणामको चर्चा परिचर्चा पनि बजोड रुपमा हुन थालेको छ ।

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले पनि चुनावमा आफ्नो हैसियत के हुने भनेर लेखाजोखा गर्न थालेको छ ।

प्रतिनिधीसभाको बैठकबाट एमसीसी पारित गर्ने बेला निकै कठोर रुपमा एमसीसीको विपक्षमा खडा भएका र पार्टी भित्रै पनि फरक मत राखेका नेकपा एसका नेता झलनाथ खनालले आगामी निर्वाचनका आफुलाई चुनाव हराउँन ठूलै शक्ति परिचालन भएको बताएका छन् ।

अघिल्लो प्रतिनिधीसभाको निर्वाचनमा बाम गठबन्धनको उमेदवारका रुपमा नेकपा एमालेको तर्फबाट उमेदवार बनेर इलामबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका खनालले आगामी निर्वाचनमा आफुलाई चुनाव हराउँन काग्रेस र एमालेले बोरामा पैसा बाढ्ने बताएका छन् ।

खनालले नेपाली कांग्रेस र नेकपा एमाले बोरामा पैसा बोकेर चुनावमा जाने दाबी गरेका छन्।

उनीहरुको चरित्रै त्यस्तै भएको र यसअघि जितेका क्षेत्रमा पनि पैसाकै धाकमा जितेको उनको दाबी थियो।

‘कांग्रेसले चुनावमा बोरामा पैसा बोकेर जान्छ। उसको चरित्र त्यस्तै हो। हामी सबै जितेर आएका छौं भनिराछन् नि, त्यो सबै धाक पैसाको हो,’नेकपा एसको इलाम(काठमाडौं जनसम्पर्कको राजधानीमा आयोजित कार्यक्रममा उनले भने।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु नेताहरु पनि बोरामै पैसा बोकेर निर्वाचन जाने बताए।

आउँदो चुनावमा अरु पनि बोरामा पैसा बोकेर जान्छन्, केपी ओली पनि पैसा बोकेर निर्वाचनमा जान्छन्,’ उनले भने।

उनले इलामबाट आफूलाई हराउन कांग्रेस र एमालेको बैठक नै बसेको दाबी गरे।‘एकदिन कांग्रेस नेताहरुको बैठक बस्यो।

बैठकमा कसलाई हराउने भन्दा एक नम्बरमा झलनाथ खनाललाई हराउने।

अर्को एकदिन एमालेको पनि बैठक बस्यो। त्यहाँ पनि इलाम क्षेत्र १ बाट मलाई हराउने सल्लाह भयो,’ उनले भने।उनले चुनावी तालमेल नेतृत्वको चाहनाअनुसार हुने बताए।

कतिपय साथीहरुले एकताबद्ध भएरै चुनावसम्म जाने भन्नुभएको छ।

तर नेतृत्वले जे भन्छ त्यही हुने हो।सम्भव भएको ठाउँमा एक्लै जाने हो,’ उनले भने। गठबन्धन बनाउँदा धेरै सिट जित्नेगरी बनाउनु्पर्ने उनको धारणा थियो।

‘कतिपय ठाउँमा एकता गरेर बढी सिट जित्नेगरी अघि बढ्नुपर्छ। सिट जित्ने कुरालाई महत्वका साथ लैजानुपर्छ,’ उनले भने।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय