एमाले प्रबेसको लहर, माओवादीका प्रमुख सचेतक विष्टसहित १५० नेता कार्यकर्ता एमालेमा प्रवेश

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो।

प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।

यो प्प्नी पढ्नुहोस – – इलाम । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आगामी चुनावमा एमालेको बाकसमा जिरो भोट दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने अभिव्यक्ति दिएकै भोलिपल्ट एमाले अध्यक्ष ओली खनालको निर्वाचन क्षेत्रमा पुगेका छन् ।

इलाम क्षेत्र नम्बर १ अन्तर्गत फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङसहित ओली पुगेका हुन् ।ओलीले विभिन्न दलका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय