उमेर हदविरुद्ध सानेपामा प्रदर्शन- !

काठमाडौं । भ्रातृ संस्थामा उमेर हदको सिण्डिकेट लगाउन खाजेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।

लामो समयदेखि महाधिवेशन नभएकोले विधानअनुसार महाधिवेशन गर्नुपर्ने पनि विद्यार्थी नेताहरूको माग छ । उनीहरूले उमेर हद नै लगाउने भए कांग्रेस विधानमा ६० वर्ष, तरुण दलमा ४० र नेविसंघमा २८ वर्ष लागू गर्न चुनौती दिएका छन् । विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने, सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुने गरी तदर्थ समिति बनाउनुपर्ने, आउँदा निर्वाचनमा युवा, युवा, विद्यार्थी परिचालका लागि वातावरण बनाउनुपर्ने, स्ववियू निर्वाचनको ग्यारेन्टी गर्न पनि आन्दोलनकारीको माग छ ।

आफूहरूका माग पूरा नभए आमरण अनशनसम्म बस्ने चेतावनी नेविसंघ संघर्ष समितिले दिएको छ ।

यो पनि पढ्नुहोस- बागलुङ । बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो ।

नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम्भावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको चार लाख २० हजारबाट लोक सेवाको तयारी कक्षा सञ्चालन गर्न थालेएको छ । नगरपालिकाको सहयोगमा लक्षित बर्ग मध्येका महिला र दलितलाई लोकसेवाको ट्युसन पढाउन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व बहन गर्नका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको र यसका लागि लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्ने उनको भनाइ छ । नगरपालिकाले तयारी कक्षा सञ्चालन खर्च दलितका लागि ८० प्रतिशत र महिलाका लागि ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने उनले बताए ।

अमहिला तथा दलितमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दारका रुपमा उनीहरुलाई स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरप्रमुख पौडेलको भनाइ छ ।

समाज परिर्वतनका लागि महिला तथा दलितको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले उनीहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउँदै अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ महिला तथा दलित वर्गले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध हुने उनले बताए ।

लोकसेवा आयोगमा यहाँका महिला तथा दलितको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको बताउँदै गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन हुने भएपछि यहाँका दलित तथा महिला खुसी भएको नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले बताए ।

हिले ५२ जना महिला तथा दलितहरुका लागि लोकसेवा तयारी कक्षा स्थानीय संयोजनकर्ता हेमन्त मल्टी एजुकेशनल ट्युसन सेन्टरमा सञ्चालन गरिएको छ । अहिले २२ महिला र ३० दलितका लागि लोक सेवा तयारी कक्षा दिन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय