मदन भण्डारी स्पोर्टस एकेडेमी र राष्ट्रिय युवा सघंको भेला सम्पन्न

तिलक मगर,बाग्लुंग

नेकपा एमाले निकट भातृ संगठन मदन भण्डारी स्पोर्टस एकेडेमी र राष्ट्रिय युवा सघंको भेला शनिबार बडिगाड ५ ग्वालीचौरमा सम्पन्न भएको छ ।

युवा संघका अध्यक्ष हितमान शेरचनको अध्यक्षता रहेको कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश कमिटि सदस्य गुनानिधि घिमिरे, वसन्त थापा , प्रेम खरेल, तिर्थमणि भुषाल, गाउँपालिका अध्यक्ष मेहरसिह पाइजा जिल्ला सचिव बिष्णु भुषाल, मदन भन्डारि स्पोर्टस एकेडेमि केन्द्रीय सदस्य जिल्ला कमिटि सदस्य राजन कुमार पाईजा लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भानु पौडेलले गर्नु भएको थियो ।

साथै भेलाले मदन भन्डारि स्पोर्टस एकेडेमिमा समीर आचार्यको अध्यक्षतामा ३३ जनाको गाउँ कमिटि चयन भएको छ भने राष्ट्रिय युवा सघंमा समर बुढाको अध्यक्षतामा ५१ जनाको गाउँ कमिटि गठन भएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय