चुनाव अघिनै कांग्रेसले खाता खोल्यो, पालजोर तामाङ वडा अध्यक्षमा निर्विरोध

काठमाडाैँ । स्थानीय चुनाव अघि नै नेपाली कांग्रेसले विजयको खाता खोलेको छ । नेपाली कांग्रेसका नेता पालजोर तामाङ हुम्लाको नाम्खा गाउँपालिक वडा नम्बर ६ को अध्यक्षमा निर्बिरोध चयन भएका छन । उनी यसअघि गत स्थानीय निर्वाचनमा पनि निर्विरोध भएका थिए ।

उनीहरूले वडा अध्यक्षसहित सदस्यहरू पनि निर्विरोध चयन गरेका छन । यसअघि गत स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित सबै कांग्रेसको रहेको भए पनि अहिलेका सदस्यहरू कुन पार्टीका हुन यकिन भएको छैन ।

गत स्थानीय तहको नतिजा । स्रोतः निर्वाचन आयोग -लिमीमा स्थानीय बासिन्दाले अब आउँदो वैशाख ३० गते हुने चुनावमा उनीहरुले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्नेछन् । उनीहरूले मंसिर ३० गते नै बैठक बसेर नयाँ जनप्रतिनिधि छनोट गरेका हुन् । वडा सदस्यमा भने उनीहरूले टुङडुप तामाङ, पुटी तामाङ टुङडुप लामालाइ चयन गरेका छन ।

वडा नम्बर ६ लिमीकाे परिचय – याे नाम्खा गाउँपालिका अन्तर्गत पर्ने वडाहरू मध्ये एक हाे । जुन साविककाे लिमी गा.वि.स.का १ देखि ९ सम्मका वडाहरू मिली बनेकाे छ । यसकाे उत्तर, पश्चिम दिशामा चिनकाे स्वशासित क्षेत्र तिब्बत, पुर्वमा सिमकाेट गाउँपालिका र दक्षिणमा नाम्खा गाउँपालिका अन्तर्गतका १, २, ४ र ५ नं. वडाहरू रहेकाे छ । यस वडाकाे कुल क्षेत्रफल १२०१.२९ वर्ग किलाेमिटर रहेकाे छ ।

वि.सं. २०६८ काे जनगणना अनुसार यस वडामा जम्मा ९०४ जनसङख्या रहेकाे छ । यहाँ एकै जाति लामाहरूकाे बसाेबास रहेकाे छ । यिनीहरू सबै बाैद्व धर्म मान्दछन । यहाका प्रत्येक वडाहरूमा बाैद्व गुम्बाहरू रहेका छन । यस वडामा ३ मुख्य गाउँहरू रहेका छन ।ति हुन – पुर्वबाट त्रमशः जाङ, हल्जी, तिल । यस वडाकाे केन्द्र हल्जी गाउँमा रहेकाे छ । याे हुम्ला जिल्लाकाे सदरमुकाम देखी ५० काेष टाढा रहेकाे छ ।

वडा अध्यक्षमा पुनः निर्विरोध भएका पालजाेर तामाङ र नम्खा वडा नम्बर ६ को वडा कार्यालय ।नाम्खा गाउँपालिकाकाे परिचय यस नाम्खा गाउँपालिका नेपालको संविधान, २०७२ को धारा २९५ उपधारा९३० बमोजिम कायम भएका ७५३ स्थानिय तहहरू मध्ये एक स्थानिय तह हो । यो कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाको सुदुर उत्तर पश्चिम भागमा अवस्थित रहेको छ । यो चिनको स्वसाशित क्षेत्र तिब्बतसगँ जोडिएको छ । यो क्षेत्रफलका हिसावले नेपालको सबैभन्दा ठुलो गाउँपालिका हो जसको कुल क्षेत्रफल करिब २४१९।६४ वर्ग कि।मी रहेको छ।

साविकको हेप्का, खगालगाउँ, मुचु र लिमी गा।वि।सहरू मिली बनेको यस गाउँपालिकामा हाल जम्मा ६ वटा वडाहरू रहेका छन । यसको पुर्वमा सिमकोट गाउँपालिका, पश्चिम र उत्तरमा चिनको तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन । वि।स। २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा करिब ३९०० जनसङख्या रहेको छ । यहाँ एक मात्र जाति तामाङ९लामा०हरूको मात्र वसोबास रहेको छ ।

यिनीहरू बौद्द धर्म मान्दछन । यस गाउँपालिकाको प्रत्येक टोलहरूमा लामा जातिहरूको आस्थाको प्रतिक देवता मानिने बौद्द गुम्बाहरू रहेका छन । यिनीहरूको मुख्य चाडपर्व सोनाम ल्होसार हो । यहाँ उवा, फापर, कोदो,आलु, चिनो, कागुनो, मकै, स्याउ, ओखर, चुली, खामु जस्ता खाधबालीहरू उत्पादन हुने गर्दछ । यहाँको जंगल सल्लो, धुपी, भोजपत्रले ढाकेको छ । यार्सागुम्बा, च्याउ, उत्तिस, कटुकी, जटामसी आदी जडिबुटीहरू यहाँको वन क्षेत्रमा उपलब्ध छन । –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय