ओलि सरकारले देशमा संकट निम्त्याएपछी गठबन्धन बनेको हो : प्रकाशमान सिंह

काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले केपि ओलिले जनमतको अपमान गरेर संविधान बिपरित चलेपछि बर्तमान गठबन्धन निर्माण भएको बताएका छन् ।

नेपालि कांग्रेस काठमाडौ क्षेत्र नं १० ले किर्तिपुरमा आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । यो गठबन्धन कांग्रेसको चाहाना नभई मुलुकलाई निकास दिन समयको माग र मुलुकको आवस्यकताका आधारमा निर्माण भएको उनले दाबि गरे ।

नेता सिंहले स्थानीय चुनावमा गठबन्धन के गर्ने भन्ने बिषयमा पार्टिको स्थानिय स्तरबाट प्राप्त सुझाबका आधारमा केन्द्रीय समिति बसेर आधिकारिक धारणा ल्याउने समेत बताए ।

सिंहले ओलि सरकारले गरेको असंबैधानिक कदमबाट मुलुकलाई निकास दिन समयको माग बमोजिम कांग्रेसले जिम्मेवारी लिएको भन्दै एमालेले आफ्नो असक्षमता लुकाउन अनावश्यक हल्ला चलाएकोले जन्ताको घर घरमा पुगेर बास्तबिकता बुझाउन कार्यकर्तालाई आग्रह गरे ।

मुलुकमा संकट पर्दा कांग्रेसको काधमा जिम्मेवारी आउने गरेको र संकटबाट मुलुकलाई निकास दिन कांग्रेसले कुसलतापुर्बक नेतृत्व गरेको स्मरण गराउदै अरु जस्तो सत्ता हुदा एउटा कुरा सत्ता बाहिर हुदा अर्को कुरा गरेर जनतालाई भ्रममा राख्ने काम कांग्रेसले नगर्ने उनले दाबि गरे

फरक प्रंसगमा बोल्दै नेता सिंहले कम्युनिष्टहरुले भ्रमको खेति गरिरहेकोले कांग्रेसका जनप्रतिनिधि र कांग्रेसले गरेका कामको बारेमा प्रचार प्रसार गर्न निर्देसन दिदै सार्वजनिक रुपमा उठेकाका सवालमा स्वस्थ सवाल जवाफमा उत्रन समेत आग्रह गरे । – न्यू सञ्चारबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय