भत्ता खानेले कांग्रेसलाई भोट हाल्दैनन् : एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अओलिले जो व्यक्ति भत्ता खाइरहेको छन् उनिहरुले कांग्रेसलाई भोट नदिने र जो व्यक्तिहरु भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दावी गरेका छन् ।

अनेरास्ववियूले आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो दबि गरेका हुन् । कार्यक्रममा उनले जो व्यक्ति भत्ता खाइरहेको छ उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दावी गरे ।

यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको दावी पनि गरे । अब एमाले बाहेक अरु पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिए । उनले युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको र एमालेलाई भोट दिने आशा गरे ।

उनले कार्यक्रममा एमाले देशको पहिलो पार्टी भएको पनि बताए । संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताए । उनले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय