ओली सरकारको अर्काे  बेतिथि

ओली सरकारको अर्काे बेतिथि : जनकपुरमै रेल्वेका १७ हजार थान क्लिप चोरी
काठमाडौ – २०७७ असोज २ गते नेपाल सरकारले आफ्नै लगानीमा भारतको कोंकोन रेल्वे कम्पनीबाट खरिद गरेको दुई सेट रेल जनकपुरधाम आइपुगेको थियो । कोरोना महामारीको चरम संकटका बेला समेत हजारौं मानिसहरूले जनकपुरधामस्थित रेल्वे स्टेसनमा रेललाई स्वागत गरे ।

भारतको जयनगरदेखि धनुषाको कुर्था स्टेसनसम्म रेलको परीक्षण गरिएको थियो । जनकपुरदेखि कुर्थासम्म परीक्षण गरिएका बेला रेलमा धनुषा, महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक, रेल विभागका पदाधिकारीसहित चढेर रेलको आनन्द लिएका थिए ।

जनकपुर आएको उक्त रेल त्यसको भोलिपल्ट असोज ३ गते नै धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ स्थित रहेको इनर्वा स्टेसनमा फर्कियो । उक्त स्टेसनमा हालसम्म दुवै रेलको सेटलाई सुरक्षाका दृष्टिकोणले पालले छोपेर राखिएको छ । रेल सञ्चालनमा आउने टुंगो अझै छैन। सञ्चालनमा नआउँदै रेल्वेका १७ हजार थान क्लिप चोरी भइसकेको छ भने फलामहरु कवाडीमा बिक्रि भएको पाइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय