प्रदेश सदस्यसहित नेकपा समाजवादीका दर्जन बढी एमाले प्रवेश

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटिका सदस्यसहित दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

नेकपा (एमाले)को पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा समाजवादीका कर्णाली प्रदेश सदस्य एवम वीरेन्द्रनगर १० का वडाअध्यक्ष रत्नबहादुर विसि, प्रदेश कमिटि सदस्य जागुराम चौधरी सहितको टोलीलाई आज एमाले कर्णाली प्रदेश इन्चार्ज एवम स्थायी कमिटि सदस्य यामलाल कंडेलले प्रवेश गराएका हुन् ।

एमालेमा प्रवेश गर्नेहरुमा नेकपा एसकै जिल्ला कमिटि सदस्य विमला थापा, नगर सदस्य चन्द्रबहादुर सुनार, भक्त आले, नगर युवा अध्यक्ष हरि विसी, नगर सदस्य प्रविण शाही, मिनबहादुर थापा, दलित महिला सदस्य सुनिता चौधरी लगायत रहेका एमाले नेता डम्वर तिवारीले बताए ।

पार्टी प्रवेशका क्रममा प्रदेश सदस्य विसिले एमाले नै लोकतन्त्रको सच्चा पहरेदार भएको बताए । उनले भने– ‘विगत केहि समय हामीले बाटो विराएपनि आजै देखि हामी मूल घरमै समाहित भएका छौं ।’ उनले भने, ‘एमालेको नेतृत्वमा मात्रै दश विकास र समृद्धि सम्भव छ भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता कंडेलले एमालेको विकल्प एमाले नै भएको बताउँदै नवप्रवेशी सहित सबैलाई चुनावी अभियानमा होमिन निर्देशन समेत दिएका छन्।

यो पनि पढ्नुहोस् ‍- काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गरेका छन् ।

उनले प्रतिपक्षी एमालेसँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बताए ।बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन ।’

उनले अगाडि थपे, ‘कांग्रेसका केही नेताले माओवादीसँग माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

उनले प्रधानमन्त्री देउवाल यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको बताए । यद्यपि, आफ्नो पार्टीले आफ्नै तागतमा चुनाव लड्ने कुरालाई प्राथमितामा राख्ने उनको भनाइ छ ।गठवन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न उनले कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले चुनाव हुन्छ वा हुँदैन भन्ने संशयको अवस्था अझै व्याप्त रहेको पनि बताए ।

उनले भने, ‘बाहिर अझै पनि निर्वाचन हुँदैन कि भन्ने चर्चा सुनिन्छ । तर, हामी चुनावको तयारीमा पुरै तागत लगाएर गइसक्यौं।’ उनले आज प्रधानमन्त्रीसँग भएको भेटमा पनि आफूले चुनावका बारेमा उठेका संशयबारे छलफल गरेको बताए ।

‘प्रधानमन्त्रीले भोट हाल्ने दिन पनि चुनाव हुन्छ कि हुँदैन भनिराख्छन्, नेपाल यस्तै हो भन्नुभयो,’ प्रचण्डले भने । उनले चुनावमा आफ्नै संगठनलाई बलियो बनाएर जानुपर्ने बताए ।‘आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो साथै निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय