सुर्खेत । नेकपा (माओवादी केन्द्र)को साधारण सदस्य र कर्णाली संसदीय दलका प्रमुख सचेतकबाट फागुन २७ गते राजीनामा दिएका ठम्मर विष्ट शुक्रबार कर्णाली प्रदेशसभामा सनाखत गर्न आउने भएका छन् ।


उनले माओवादीमा नेताहरुकै हालीमुहाली हुने गरेको, पार्टी दक्षिणपन्थी भएको र लामो समय त्याग गरेका नेता कार्यकर्तालाई अवसर दिनेभन्दा पनि हुनेखाने र नेताको चाकडी गर्नेलाई मात्रै अवसर दिएको भन्दै राजीनामा दिएका थिए ।

‘म हेम्स अस्पतालबाट उपचार गराएर फर्किएको छु । आज होलीको दिन भएका कारण आज सनाखत हुँदैन’, उनले भने, ‘म भोलि नै सदनमा उपस्थित भएर सनाखत गर्छु ।’ उनले आफू अहिले कुन दलमा प्रवेश गर्ने भन्ने अन्तिम निष्कर्षमा नपुगिसकेको बताए ।

लामो समय राजनीति गरेको दाबी गरेका विष्टले केही समयमा नै कुन पार्टी प्रवेश गर्ने भन्ने निचोडमा पुग्ने पनि बताए । – नेपाल प्रेसबाट

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here