कांग्रेसले जनताका वास्तविक पिर र मर्का समाधान गर्ने अभियान लिएर अघि जानुपर्छः इन्द्र बानियाँ

हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टी सरकारमा रहँदा भएगरेका राम्रा कामबारे जनतालाई सुसूचित गराउनुपर्ने बताएका छन् ।

‘घरघर जाऔं कांग्रेसलाई जिताऔं’ भन्ने स्थानीय चुनावी अभियानमै जनतालाई कांग्रेस सरकारले गरेका राम्रा कामबारे जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

मंगलबार कांग्रेस हेटौंडा उपमहानगरपालिका–९ समितिको अयोजनामा भएको लामसुरे टोल विकास समिति गठन तथा पार्टी प्रवेश कार्यक्रममा बानियाँले जनताका घरघरमा जाँदा कांग्रेसले आजसम्म गरेका राम्रा काम र भोलिका दिनमा गर्ने कामका बारेमा जानकारी लिएर जान निर्देशन दिए ।

नेता बानियाँले कम्युनिष्टहरुको जस्तो झुटा आश्वासन र भ्रम नभई जनताका वास्तविक पिर र मर्का समाधान गर्ने अभियान लिएर कांग्रेस गाउँगाउँ जानुपर्ने उनको भनाइ छ ।

उनले कम्युनिष्टहरुले एमसीसीबारे भ्रम छरेको भन्दै देशमा व्याप्त रहेको गरिबी, अशिक्षा, भोक र रोगको अन्त्यका लागी एमसीसी अनुमोदन गरेको जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई बानियाँले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा पुष्पनाथ नेपालको अध्यक्षतामा टोल समितिसमेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा अग्नि सुवेदी, सचिव नविन रेग्मी, कोषाध्यक्ष माधव रेग्मी तथा सदस्यमा बुद्ध लामा, दिपेश अर्याल र अजय ढुंगाना लगाएत रहेको तरुन नेता सुमन अर्यालले जानकारी दिए ।

वडा समितिका सचिव प्रदीप पराजुलीले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, मकवानपुरका जिल्ला सदस्य आनन्दराम पराजुली, संगीता सिग्देल, प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश ख का सभापति राजेश बानियाँ, संघीय सचिव दोर्जे लामा स्याङतान, प्रदेश सचिव गोकर्ण सुवेदी, नगरसभापति उत्सव इटेनीलगायतको उपस्थिति थियो । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय