काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आसन्न स्थानीय चुनावमा एमालेसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने बताएका छन् ।


उनले स्थानीयस्तरमा एमालेसँग छलफल अघि बढाउन जिल्ला अध्यक्षहरूलाई निर्देशन दिए ।आज जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा थापाले भने, ‘हामी एमालेसँग चुनावमा सहभागी गर्ने प्रयास गर्नेछौं । तपाईंहरू अहिलेदेखि नै एमालेसँग् स्थानीयस्तरमा कुरा थाल्नुस् ।

कतै अगाडि बढ्ने अवस्था भयो भने केन्द्रबाट सहजीकरण गर्नेछौं ।’थापाले अरु पार्टीहरूसँग पनि सहकार्य गर्न सकिने बताए । चुनावमा बढीभन्दा बढी उम्मेदवार उठाउनका लागि गृहकार्य गर्न उनले जिल्ला अध्यक्षहरुलाई निर्देशन दिए ।

पार्टीको घोषणापत्र र अध्यक्षले लेखेको पत्र चुनावअघि घर-घर पुर्‍याउनुपर्ने पनि उनले बताए ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here