वडाध्यक्षको नेतृत्वमा एउटा सिंगो समूह एमालेमा प्रवेश

उमेश कार्की – भक्तपुर । पर्साबाट निर्वाचित जसपा तथा माओवादी केन्द्रका जनप्रतिनिधि एमालेमा प्रवेश गर्ने क्रममा एउटा समूह काठमाडौं आइपुगेको छ ।

पोखरिया नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिमानन्द चौहान नेतृत्वको एउटा समूह मंगलवार एमालेमा प्रवेश गरेको छ ।

युवा संघले संयोजन गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष चौहान, समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोदेखि ८० वर्षीया ठगिया देवी पासवानसम्मलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।

एमाले प्रवेशका लागि ५ वटा बसमा वडाध्यक्षको नेतृत्वमा जसपाका कार्यकर्ताहरु पर्साबाट काठमाडौं आएको जानकारी युवा संघका इन्चार्ज महेश बस्नेतले सो कार्यक्रममा दिएका थिए । वडाध्यक्ष चौहानले ५५० जना कार्यकर्ता र समर्थक एमालेमा प्रवेश गरेको बताए ।

यसअघि गत साता पोखरियाका मेयर दिपेन्द्र रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पोखरियामै एमाले प्रवेश गर्ने कार्यक्रम राख्ने चर्चा चले पनि केपी ओली बसेकै ठाउँमा आएर भेट्ने चाहना राखेकाले युवा संघले कार्यक्रम संयोजन गरेको अध्यक्ष किरण पौडेलले बताए । – नेपाल प्रेसको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय