नेपाली काँग्रेस मुसिकोटको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरपालिकाले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

१४ औँ महाधिवेशन पश्चात निर्वाचित विभिन्न तहका पदाधिकारी र नजिकिँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले जानकारी दिएको छ ।

रुद्राबती बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गदैै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रमुख अतिथि दिनेश पोखरेलले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले विगतमा कम्यूनिष्ट सरकारले गरेका भ्रष्ट गतिबिधिहरुको भण्डाफोर गर्दै कार्यकर्तालाई सशक्त भएर लाग्न आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि एवम् नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति खिलध्वज पन्थीले जिल्लाका सबै स्थानीय तहमा निर्वाचन लक्षित कार्यक्रमहरु सञ्चालन भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका वडा सभापति र सचिव तथा टोल सभापतिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको नेपाल प्रजातान्त्रिक महासघं गुल्मीका जिल्ला सभापति गुणानिधि शर्मा र महाधिवेशन प्रतिनिधि छन्द पहराईले सहजीकरण गर्नूभएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य माधव प्रसाद खरेल, गुल्मी जिल्ला उपसभापति अनन्तराम पौड्याल, सचिव जगदिश भट्टराई, जिल्ला सदस्यहरु योगेन्द्र कुमार श्रेष्ठ, धिरेन्द्र केसी,विष्णुराज भण्डारी,झविलाल भण्डारी,झेमा खरेल, महाधिवेशन प्रतिनिधिहरु ज्ञानहरी सापकोटा,प्रेम नारायण भण्डारी, महेन्द्र प्रसाद भण्डारी, नेपाली काँग्रेस जिल्ला कार्यसमिति पूर्व सचिव हरिनारायण सापकोटा, नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति उपसभापति सन्तोष शाक्य, सहसचिव सुष्मा सापकोटा तिवारी, कोषाध्यक्ष विष्णु प्रसाद भण्डारी, नेपाली काँग्रृेस गुल्मी क्षेत्र नं २ क्षेत्रीय सदस्य चन्द्रकला अर्याल लगायत विभिन्न वडाका पदाधिकारी र जिल्ला तथा स्थानीय स्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिव मधुसुदन रायमाझीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय