एमसीसीको नाममा एमालेविरुद्ध राजनीति गर्ने प्रचण्ड–माधवलाई नै एमसीसीको भारी बोकायौं- शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताका टाउको जोडेर कम्युनिस्ट पार्टीको एकता सफल नभएको भन्दै अब माधव नेपाललाई एमालेमा फर्किन नदिइने प्रष्ट पारेका छन् ।

प्रचण्ड–माधवलाई ढोका बन्द भए पनि उनीहरुको पछि लागेका कार्यकर्तालाई भने एमालेका फर्काउन सबै ठाउँबाट पहल गरिने पोखरेलले बताए । नेकपा एकता भंग भए पनि पार्टी एकताको निरन्तरताको नेतृत्व केपी ओलीले गरेको पोखरेलको दावी छ ।

पोखरेलले भने- आज प्रचण्डसँग एकजना एमाले कार्यकर्ता छैनन् । माधव नेपालसँग पनि पूर्व एमालेमात्रै छन् । तर केपी ओलीको नेतृत्वमा एमाले त हुने नै भए, पूर्व माओवादीको ठूलो पंक्ति वडादेखि केन्द्रसम्म जोडिएको छ ।

हिजो माधव नेपालसँग गएका मान्छेहरुलाई पनि फिर्ता ल्याएर यो एकताबद्ध पार्टी बनाएका छौं । त्यसैले अधिवेशनका माध्यमबाट हामीले यसलाई नेकपा एकताको निरन्तरताको एमाले भनेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय