वीरगन्ज ।वडाध्यक्ष र समर्थकसहित मेयर सरावगी एमालेमा प्रवेश गरेका छन् ।


बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्षसहित जसपा नेताहरुलाई एमाले प्रवेश गराउन वीरगन्ज पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरप्राइज दिँदै वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेमा स्वागत गरेका छन् ।

एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका ओली त्यस लगत्तै सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा सहभागी भएका थिए ।

जसपाबाट निर्वाचित वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले एमाले प्रवेशका लागि वार्ता गरिहेका थिए ।

सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा एमालेका मधेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतका नेता सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् ।

शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा ठूलो जसहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् ।- श्रोत नेपाल प्रेस

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here