स्मिथको शतकमा अष्ट्रेलियाको विशाल योगफल

एजेन्सी – शीर्षक्रमका पाँच ब्याट्सम्यानको उत्कृष्ट प्रर्दशनमा अष्ट्रेलियाले भारतलाई दोस्रो ओडिआई खेलमा ३ सय ९० रनको विशाल लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनायो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० भन्दा माथिको योगदान दिए । विश्फोटक अन्त्य गरेका ग्लेन म्याक्सवेल २९ बलमा ४ चौका र ४ छक्का सहित ६३ रनमा अविजित रहे ।

स्टिभ स्मिथले ६४ बलमा १४ चौका र २ छक्का सहित सर्वाधिक १ सय ४ रनको शतकीय इनिङको योगदान दिए । भारतविरुद्ध स्मिथको यो लगातार तेस्रो शतक हो । स्मिथ पहिलो ओडिआई खेलमा १ सय ५ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । गत जनवरीमा बंगलोरमा स्मिथले भारतविरुद्ध १ सय ३१ रनको इनिङ खेलेका थिए ।

स्मिथ जारी सिजनको दुैब खेलमा ६२ बलमा शतक पूरा गरे । ओ स्मिथको ओडिआई करिअरको ११ औं शतक पर्दछ । जसमध्य पाँच शतक भारतविरुद्ध छ । स्मिथ हार्दिक पान्ड्याको ४२ औं ओभरको दोस्रो बलमा मोहम्मद शामीबाट क्याच आउट हुन पुगेका थिए ।

ओपनर आरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटका लागि २२.५ ओभरमा १ सय ४२ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए थिए । मोहम्मद सामीको बलमा एज लागेर फिन्च एक्स्ट्रा कभरमा कप्तान विराट कोहलीबाट क्याच आउट भएपछि साझेदारी तोडिकएको थियो । फिन्चले ६९ बलमा ६ चौका र १ छक्का सहित ६० रन जोडे ।

२६ औं ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा डेभिड वार्नरलाई श्रेयस ऐरले लङअफबाट सिधैं स्टम्पमा ताकेपछि रन आउट हुँदै शतक बनाउन चुकेका थिए । डेभिड वार्नर ७७ बलमा ७ चौका र ३ छक्का सहित ८३ रनको योगदान दिए ।

तेस्रो विकेटका लागि स्मिथ र मार्नस लाबुसेनले ९५ बलमा १ सय ३६ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । मार्नस लाबुसेन ६१ बलमा ५ चौका चौका सहित ७० रनको योगदान दिए । चौथो विकेटका लागि लाबुसेन र म्याक्सवेलले ८५ बलमा ८० रनको उत्कृष्ट साझेदारी गरेका थिए । लाबुसेनलाई ४९ औं ओभरको पाँचौ बलमा जस्प्रित बुमराहले मयंक अग्रवालबाट मिडअफमा क्याच आउट गराएका थिए ।

भारतका जस्प्रित बुमराहले १० ओभरमा १ मेडन सहित ७९ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ९ ओभरमा ७३ रन खर्चेर १ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । भारतले आज सात बलरलाई प्रयोग गरेको थियो ।

ओडिआई इतिहासमा शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० भन्दा बढी रनको इनिङ खेलेको यो तेस्रो पटक हो । यसअघि सन् २००८ मा पाकिस्तानका ब्याट्सम्यानले जिम्वावेविरुद्ध कराँचीमा तथा अष्ट्रेलियाकाले भारतविरुद्ध सन् २०१३ मा जयपुरमा खेलेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय