बागलुंगमा विभिन्न कार्यक्रम गरि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरियो

तिलक मगर/ बागलुंग/नवखबर

बडिगाड गाउँपालिका वडा न.३ सिसाखानीको कञ्चनादेवी प्राथमिक बिद्यालय र साल्फेद बाल बिकास केन्द्रका बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच शैक्षिक सामाग्री बितरण गरिएको छ ।

स्थानीय समाजसेवी सुबेदार छम बहादुर भुजेलका छोरा जनजागृती मा.वी काडेबासका शिक्षक राजु भुजेलको तर्फबाट एक कार्यक्रमका बिच २५ हजार बराबरको बिद्यार्थीहरुलाई स्वीटर बितरण गरिएको छ ।

यसै बिच आजै हबलदार टेक बहादुरका छोरा भरत भुजेलको पहलमा काठमान्डौ स्थित गुड सेफर ईन्टरनेशनल फाउन्डेसनको तर्फबाट १० हजार बराबरको शैक्षिक सामाग्री बितरण गरिएको छ ।

बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष डिल बहादुर पुनको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन प्र.अ. कृष्ण बहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रममा समाजसेवी यामेन्द्र कुमार घर्ति, पार्वती काउचा शिक्षक अभिभाबकहरु लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय