बृहत जनस्वास्थ्य अभियान अन्तरागत जलजलामा ४ सय ८० जना विरामीले सेवा लिए

अनिश पाठक – बडिगाड गाँउपालिकामा जारी बृहत जनस्वास्थ्य अभियान अन्तरगत आज ४ सय ८० जना विरामीले सेवा लिएका छन ।

बडिगाड गाउँपालिका वडा नं. ४ जलजला स्वास्थ्य चौकी, झुलेडाँडामा सम्पन्न उक्त शिविरमा गण्डकी मेडिकल कलेज पोखराका वरिष्ठ चिकित्सक प्रा. डा. तरुण पौडेल नेतृत्वमा १५ जना विशेषज्ञ चिकित्सकहरुको सहभागितामा उक्त संख्यामा विरामीले सेवा लिएका हुन ।

शिविरमै ८० जना ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई नसर्ने रोग र ७५ जना हजार दिनका आमाहरुलाई पनि अभिमुखिकरण तालिम सञ्चालन गरिएको थियो भने शिविरमा ५० जनालाई चस्मा वितरण गरिएको छ ।

सोहि अबसरमा सवै विरामीलाई आवश्यक औषधि समेत वितरण गरिएको बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक चुडामणि कंडेलले जानकारी बताए ।

शिविरमा भिडियो एक्सरे, सुगर, पिसाव, प्रोटिन जाँच लगाएत सेवा रहेको र औषधि सहित गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग तथा बडिगाड गाउँपालिकाको आयोजनामा हुन लागेको वृहत जनस्वास्थ्य अभियानमा सम्पूर्ण जाँच निशुल्क हुनेछ ।

बृहत जनस्वास्थ्य अभियानमा ४० वर्ष माथिको सवै सेवाग्राहिहरुको किड्नीको जाँच, ४० वर्ष माथिका सवै महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, सवै सेवाग्राहिको मधुमेह जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै अभियानमै ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला गरि नसर्ने रोगहरु विरुद्धको सचेतना तथा अभिमुखिकरण कार्यक्रम, सुनौला हजार दिन भित्रका आमाहरुको भेलामा गर्भवतिहरुको भिडियो एक्सरे तथा स्वास्थ्य शिक्षा पालिकाले सञ्चालन गरिरहेको छ ।

त्यस्तै परिवार नियोजनका साधनहरु नरप्लान्ट, कपर टि राख्ने लगाएतको काम पनि सो अभियानमा संचालनमा छ ।

यसैविच बुधबार बडिगाड २ खर्वाङमा हुने अभियानको तयारी पुरा भएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बडिगाड गाउँपालिका भित्र वृहत जनस्वास्थ्य अभियान अब फागुन १२ गते दर्लिङखोलामा, फागुन १३ गते खाल, फागुन १४ गते दाँगमा, फागुन १७ गते दगातुन्डाडामा, र फागुन १८ गते शिसाखानीमा हुनेछ ।

फागुन १९ गते खारखोला, फागुन २० गते रणसिंह नेटाखर्क, फागुन २१ गते भेंडिखोर, फागुन २२ गते पुरानागाउँ, फागुन २४ गते माथिल्लो दर्लिङ र फागुन २५ गते दर्लिङ आरुपाटामा स्वास्थ्य जाँच सहित जनस्वास्थ्य अभियान हुने भएकोले सहभागिताको लागि स्वास्थ्य शाखाले अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय