रुपन्देही- २०४५ देखि निजामती सेवामा प्रबेश गर्दैगर्दा ०४६ सालको जनआन्दोलमा पुर्ण रूपमा सहभागी भएकोले अनुभवले उहा खारिनुभएको छ ।
२०४७मा दर्ता भएको नेपाल निजामती कर्मचारी सङ्घको सदस्यता लिई २०४८ मा डोटी जिल्लाको संस्थापक अध्यक्ष भै कार्य क्षेत्र भएको जिल्लाको सङ्घको सङ्गठन गर्दै २०६२ र ०६३ को दोस्रो जनआन्दोलनमामा सहभागी भएकोले अब्बल उम्मेदवारको रुपमा हेरिएको छ ।
आधिकारिक ट्रेड युनियनको निर्बाचनमा रोल्पा जिल्लामा कर्मचनरी युनियनलाई प्रथम स्थान हासिल गराउन सफल नेतृत्वदायी भुमिका निभाई रोल्पा जिल्लाको संस्थापक आधिकारिक ट्रेडयुनियनको अध्यक्ष भै कर्मचारीहरूको सुख दुखमा साथ दिदै सातौं महाधिबेसनबाट कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्ष एबम् लुम्बिनी प्रदेशको अध्यक्ष भै कर्मचारीहरूको हकहित पिरमर्काको बारेमा आवाज उठाउदै समस्याहरूको समाधान गर्दै आईरहनु भएकोले अधिकांशले उहालाई भरोसाको रुपमा लिन्छन ।
निडर ,अनुसासित ,एक अर्काको आदर गर्ने ब्यक्ती भएकोले २०७८ फाल्गुण २१ देखि २३ गते सम्म हुँदै गरेको युनियनको महाधिबेसनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी आफ्नो कार्यक्षेत्र भएको जिल्ला रूपन्देहीको भैरहवाबाट घोषणा गर्नु भएका गौतम इमान्दार ब्यक्ती हुनुहुन्छ ।
आफ्नो काम भन्दा संस्था र साथीहरूको काम गर्न रमाउने ब्यक्ती उहाको अर्को परिचय हो। अर्काले भनेका राम्रा कुराको तुरून्तै समर्थन गर्ने र नराम्रा कुराको प्रतिकार गर्ने उहाको बानी रहेको छ ।
पञ्चायत कालदेखि बनेको पेन्सन पाउने रकम परिबर्तन हुनुपर्छ, खाईपाई आएको तलब र ग्रेड जोडी ४० ले भाग गरि आएको रकम पाउनु पर्छ उहाको अर्को आन्दोलनको विषय हो ।
हाल ५० ले भाग गरि सुरू तलब भन्दा बढि हुने छैन भन्ने पञ्चायती कानुन सम्सोधन हुनुपर्छ र गराउनुपर्छ भन्ने आवाज उठाउदै आउनुभएको छ । यिनै माग पूरा गराउन लागीपर्ने उहाको भनाइ छ ।
कर्मचारी युनियनको राष्टिय भेलाबाट भएको घोषणा पत्र अनुसारको माग पूरा गराउन अब आठौं महाधिबेसनबाट निर्बाचित हुने कार्यसमितीलाई पुर्ण सहयोग हुनेछ ।
म महाधिबेसनमा सफल हौला नहौला,पदमा रहुला नरहुला युनियनको उद्येस्य पूरा गर्न जुनसुकै बखत तयार हुने प्रतिज्ञा गरेका गौतमको बिजय सुनिस्चित रहेको छ ।
हाल निज गौतम कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष एबम् लुम्बिनी प्रदेका अध्यक्ष हुनुहुन्छ ।