अनिष पन्थी ,गुल्मी । आज एक कार्यक्रमका बिच घोर्ले माध्यमिक बिधालय रेसुङ्गा नगरपालिका १३ दुबिचौरमा नेपाल बिद्यार्थी संघ इकाइ कमिटी गठ्न गरिएको छ ।
नेपाल बिद्यार्थी संघ जिल्लाकार्य समिती गुल्मीको बैठक अनुरुप असोक कार्कीको सभापतित्वमा ५१ सदस्यी कार्य समिती बनाइएको छ ।
जसको उपसभापतिमा मनिष बलाल र आयुषमा सुनार सचीवमा सागर खत्री र गोमा बस्नेत रहेका छन ।
यसै सह-सचीवमा सुस्मा सुनार र नवीन तङनामी रहेका छन ।
यस्तै कोषाधक्षमा समुन्द्र बिक रहेका छन ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिती गुल्मीका सदस्यहरु शिव भण्डारी, अनिष पन्थी र दिपक थापाको उपस्थित रहेको थियो भने कार्यक्रमको सन्चालन जिल्ला सदस्य सुदिप खत्रीले गरेका थिए ।