गुल्मी । नेपाल विद्यार्थी संघ गुल्मीको नियमित बैठक बिहिबार गुल्मीको तम्घासमा सम्पन्न भएको छ ।
बि पि स्मृति भवनमा बसेको बैठकले जिल्ला भरका मा.बि तथा क्याम्पसमा इकाइ समिति गठन गर्ने निर्णय गर्दै प्रत्येक पालिकाका लागि प्रतिनिधि समेत तोकिएको ने बि सङ्घ गुल्मीका सभापति झबिन्द्र पाण्डेले बताउनुभयो ।
कोरोना महामारीको कारण केहि समय रोकिएको ने बि संघ गुल्मीको सङ्गठन निर्माण लगायतका कार्यलाइ निरन्तरता दिन र सङ्गठनलाइ गतिशील बनाउनको लागि प्रतिनिधि समेत तोकेर जहा विद्यालय त्यहाँ ने बि सङ्घ भन्ने अभियानको मर्म अनुसार काम गर्न लागिएको ने बि सङ्घ गुल्मीकि सचिव पार्वती कुवरले बताउनुभयो ।
प्रतिनिधिहरुमा रेसुङ्गा नगरपालिकामा प्रकाश मरासिनि,सुधन अर्याल र सुवास न्यौपाने जिम्मेवारीमा रहनुभएको छ , मुसिकोट नगरपालिकामा विष्णुप्रसाद आचार्य (चकित),रोशन सिह ठकुरि र रामप्रसाद आचार्यलाइ जिम्मेवारी तोकिएको छ ।
इश्मा गाउपालिकामा पार्वति कुवर,कमल कुवर,केशव भण्डारी र अमृत भण्डारी जिम्मेवारीमा रहनुभएको छ ।
मालिका गाउपालिकामा पुनाराम घिमिरे,दिपक अर्याल,श्यामलाल गिरि,प्रेम मल्ल,मदाने गाउपालिकामा युवराज बोहोरा,विवेक भुषाल,राजेश कुवर रहनुभएको छ।
कालिगण्डकि गाउपालिका र सत्यवतिमा सिजन राना,तिलक राना,मुक्ति पाण्डे र प्रेम परियार रहनुभएको छ । चन्द्रकोटमा दिपक पौडेल र नारायण केसीलाइ जिम्मेवारी तोकिएको छ ।
रुरु गाउपालिकामा सुनिल ज्ञवाली,अर्जुन ज्ञवाली,नारायण पुरि,पिताम्बर भण्डारी र नारायण पन्थ रहनुभएको छ । दरबार गाउपालिकामा विकाश टण्डन,निशान थापा,समीर खड्का,अमृत परियार र अमृत घर्तीलाइ जिम्मेवारी तोकिएको छ ।
छत्रकोट गाउपालिकामा ए बि कण्डेल,विष्णु पन्त,ऋषि भण्डारी,रोशन भण्डारी,विष्णु घिमिरे,प्रकाश भण्डारी,मदन शर्मा,धुर्कोट गाउपालिकामा कमल पोख्रेल,कमल काउछा,अर्जुन पोख्रेल र रमेश पन्थीलाइ सङ्गठन निर्माणको जिम्मेवारी तोकिएको ने विसङ्घ गुल्मीले निर्णय गरेको छ ।